अबैध माटो उत्खनन कार्यमा संलग्न जेसिभी र ३ ट्याक्टर प्रहरी नियन्त्रणमा

रुपन्देही खबर , २४९  पटक हेरिएको

भैरहवा, बैशाख २३

रुपन्देहीमा अबैध माटो उत्खनन कार्यमा संलग्न सवारी साधनलाइ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ईलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको प्रहरी टोलीले बिहीबार गैडहवा गाउँपालिका वडा नंम्बर २ मा माटोउत्खनन गरी ओसारपसार गरीरहेको अवस्थामा बा २ क ८७१५ नंम्बरको जेसिभि , लु ४ त १८६९ , लु ४ त ३७८२ , लु २ त ९९०६ नंम्बरकोे ट्याक्टर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको एक जेसिभी र ३ वटा टयाक्टरलाई आवश्यक कारवाहीको लागी गैडहवा गाउँपालिकाको कार्यालयमा बुझाइएको जिप्रका रुपन्देहीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२४-०५-०५ , समय : १३:३४:४६ , २ हप्ता अगाडि