चोरी र सवारी ज्यान मुद्दामा फरार प्रतिवादी रुपन्देहीबाट पक्राउ

रुपन्देही खबर , २२८  पटक हेरिएको

भैरहवा, बैशाख २३

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिभिन्न मुद्धामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३५ बर्ष सम्म फरार रहेका कञ्चन गाउँपालिका वडा नं. ४ बस्ने गोपाल राना मगर र १९ बर्ष देखी फरार रहेका कोटहीमाई गाउँपालिक वडा नं. १ बस्ने राम किसुन कुर्मी रहेका छ्न ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा डिएसपी मनोहर प्रसाद भट्टका अनुसार इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीबाट खटिएको प्रहरी टोलीले २०४६ साल असार १२ गतेको फैसलाले चोरी मुद्धामा ९ हजार ४ सय २५ रुपैया जरिवाना फैसला भएका मगरलाई ३५ बर्ष पछी पक्राउ गरेको छ । यस्तै गरि इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले २०६२ असार २९ गतेको फैसलाले सवारी ज्यान मुद्धामा ३ दिन कैद र दुई हजार जरिवाना फैसला भएका कुर्मीलाई १९ बर्ष पछी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका फरार प्रतिवादीहरुलाई गरी जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागी पेश गरीएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०५-०५ , समय : २१:१५:३१ , २ हप्ता अगाडि