उर्मिला यादव , २५५ पटक हेरिएको
भैरहवा, बैशाख २४
एभरेष्ट बैंक लिमिटेड नेपाल मणिग्राम शाखाले साहसि कदम नेपाललाई आज फ्रिज हस्तान्तरण गरेको छ । साहसि कदम नेपालका अध्यक्ष आनिक रानाको अध्यक्षता तथा एभरेष्ट बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुइकेलको प्रमुख आतिथ्यतामा आज एक कार्यक्रमका बिच फ्रिज हस्तान्तरण गरिएको हो ।
फ्रिज हस्तान्तरण गर्दै एभरेष्ट बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख कुइकेलले एचआइभी संक्रमित ब्यक्तिको स्वास्थ्य परीक्षण गर्ने किट राख्नका लागी फ्रिजको आवश्यकता भएकोले साहसि कदम नेपालको माग अनुसार नै फ्रिज प्रदान गरिएको बताउनु भएको छ । उहाले साहसि कदम नेपाललाई फ्रिज हस्तान्तरण गर्नु मात्र नभइ यौनिक तथा अल्पसंख्यक समुदायसंग जोडिन पाउदा एकदमै खुसी लागेको बताउनु भएको छ । उहाले बैंक सबैको साझा संस्था भएकोले हरेक संस्था, समुदायका लागी बैंकको ढोका जहिले पनि खुला नै रहेको जानकारी दिनु भएको छ । उहाले सामाजिक काम गर्न बैंक जहिले पनि उत्सुक भएकोले साहसि कदम नेपालसंग जोडिएर सहयोग गर्न पाउनु र भोलिका दिनमा यो समुुदायको आयआर्जन लगायत सिपमुलक कामहरुमा अन्य तरिकाबाट पनि जोडिएर सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
यस्तै गरी एभरेष्ट बैंक लिमिटेड मणिग्रामका शाखा प्रबन्धक बिमल भुषालले यौनिक तथा अल्पसंख्यक समुदायको लागी एभरेष्ट बैंकले निरन्तर सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले आफुले ब्यक्तिगत रुपमा पनि निरन्तर सहयोग गर्दै आएको र साहसि कदम नेपालको संस्थागत बिकासमा सधै बैंक सकरात्मक रहेको जोड दिनु भयो । उहाले संस्थाको दिगो बिकासका लागी र यो समुदायलाई आवश्यक परेको सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत गर्नु भएको छ ।
यस्तै गरी साहसि कदम नेपालकी अध्यक्ष आनिक रानाले यौनिक तथा अल्पसंख्यक समुदायले आफुलाई इन्द्रेणी रंगमा चिनाउदै आएको र यो रंगमा एभरेष्ट बैंक पनि थपिएको बताउनु भएको छ । सानो सानो सपनाहरु बोकेर हिडेको साहसि कदम नेपालले पछिल्लो समय बृहत रुप लिइसकेको र यसलाई सफल बनाउन एभरेष्ट बैंकको साथ र सहयोगको अझै आवश्यकता रहेको अध्यक्ष रानाको भनाइ छ । उहाले एचआइभी किटहरु राख्नका लागी फ्रिजको एकदमै आवश्यकता भएको र यो एभरेष्ट बैंकले प्रदान गरेकोमा धन्यवाद समेत दिनु भएको थियो ।
उहाले आगामी दिनमा पनि बैंकले यौनिक तथा अल्पसंख्यक समुदायका लागी सीपमुलक तालिम प्रदान गर्न समेत आग्रह गर्नु भएको छ । उहाले यो समुदायलाई सीप मुलक तालिममा जोडन सके रोजगारीको क्षेत्रमा महत्वपुर्ण योगदान पुग्ने बिश्वास ब्यक्त गर्नु भएको छ ।
साहसि कदम नेपालका सुरज थापाको संचालन रहेको कार्यक्रममा मायाको पहिचानका उपाध्यक्ष मधु केसी, एभरेष्ट बैंक लिमिटेड नेपाल मणिग्राम शाखाका कर्मचारी सुरज पाण्डे लगायतले बोल्दै साहसि कदम नेपालले गर्दै आएको कामको प्रशंसा समेत गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-०५-०६ , समय : २१:२१:१८ , ५ महिना अगाडि