पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा आज देखि टोकन प्रणाली लागु

बिकास अधिकारी , ४९५  पटक हेरिएको

परासी , असार ५

 

पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा आज देखि टोकन प्रणाली लागु भएको छ । बिरामीको चापलाई मध्यनजर गर्दै आज अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले अस्पतालको टिकट काउन्टरमा टोकन प्रणाली लागु गर्नुभएको हो । मुख्य टिकट लिने स्थान, ओपिडि, भिडियो एक्स रे, फार्मेसिमा सेवा लिनका लागी टोकन लिनुपर्नेछ ।

अस्पतालमा अहिले विरामीको चाप ह्वात्तै बढेका कारण सेवा लिन सहज होस् भन्ने उदेश्यले टोकन प्रणाली लागु गरिएको अस्पतालका व्यवस्थापक सुरेन्द्र अधिकारीले बताउनुभयो ।

ईलेक्ट्रोनिक डिभाईसबाट क्रमै संग आउने टोकन नम्बर अनुसार अब सेवाग्राहिले सेवा पाउनेछन् । अब सेवा लिनका लागी लाईनमा बसिरहनुपर्ने बाध्यता नहुने अस्पतालले जनाएको छ ।

अस्पतालमा अहिले दैनिक सरदरमा १ सय ८० जना बिरामी  ओपिडिमा आउने गरेका छन् । गर्मी  बढे संगै विरामीको  सङख्यामा  पनि वृद्धि भएको छ ।

प्रकाशित मिति: २०२२-०६-१९ , समय : २०:५८:०५ , २ वर्ष अगाडि