मिस पिंक नेपाल २०२४ का लागी १८ जना प्रतिस्पर्धी छनोट

साहसि कदम नेपालद्धारा शुभकामना व्यक्त

रुपन्देही खबर , ३५६  पटक हेरिएको

भैरहवा,जेठ १

ब्लु डाइमण्ड सोसाइटीले आयोजना गर्दै आएको मिस पिंक नेपाल २०२४ का लागी १८ जना प्रतिस्पर्धीहरु छनोट भएका छन । छनोट भएका १८ जना प्रतिस्पर्धीहरुलाई साहसी कदम नेपालका अध्यक्ष आनिक रानाले शुभकामना ब्यक्त गर्नु भएको छ । उहाले ट्रान्स वुमनहरुको प्रतिभा प्रष्फुटन र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि आयोजना हुँदै आएको ‘मिस पिंक २०२४’ को सातौं संस्करण जेठ ३ गते काठमाडौंमा हुने जानकारी दिनु भएको छ ।

अध्यक्ष रानाले यौनिक तथा अल्पसंख्यक समुदायको मुद्दा वकालत गर्न र क्षमता अभिवृद्धि गर्दै समाजमा सकारात्मक प्रभाव वढाएर समुदायमा रहेका व्यक्तिहरुलाई सामाजिक रुपमा स्थापित गरी विभेदरहित कानुन र वातावरण निर्माण गर्न दबाब स्वरुप मिस पिंक आयोजना हुदै आएको जानकारी दिदै छनोट भएका प्रतिस्पर्धीहरुलाई बधाइ तथा शुभकामना ब्यक्त गर्नु भएको छ ।

लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसर पारेर ब्युटी ट्यालेन्ट प्रतियोगिताको फाइनल राउन्ड यहि जेठ ३ गते हुदैछ । १८ जना सहभागी मध्ये अन्तिम प्रतिस्पर्धामार्फत एक जनाले मिस पिंकको उपाधी हात पार्नेछन ।

प्रकाशित मिति: २०२४-०५-१५ , समय : ००:४८:२६ , २ हप्ता अगाडि