लुम्बिनी स्पोर्ट्स क्लब तिलोत्तमा १४ रुपन्देहीद्वारा खेलाडीहरुलाई सम्मान

रुपन्देही खबर , १६२  पटक हेरिएको

कोटिहवा, जेठ २६

लुम्बिनी स्पोर्ट्स क्लब तिलोत्तमा १४ रुपन्देहीले खेलाडीहरुलाई सम्मान गरेको छ। राष्ट्रिय खेलकुद परिषदको आयोजना र रुपन्देही ब्याडमिन्टन संघको ब्यवस्थापनमा भएको छनोट खेलमा बिबेक क्षेत्री प्रदेश स्तरमा छनोट र प्रकृया गुरुङ राष्ट्रिय प्रतियोगितामा छनोट भएकोले एक कार्यक्रमका बिच सम्मान गरिएको हो । कार्यक्रममा क्लबका अध्यक्ष प्रत्तबहादुर पुन र सचिब बिस्णु दगामिले दुबै जना खेलाडीहरुलाइ कदर पत्रले सम्मान गर्नु भएको हो ।

क्लबका सचिब बिस्णु दगामिको स्वागत मन्तव्य रहेको कार्यक्रममा खेलाडीहरु प्रकृया गुरुङ र बिबेक क्षेत्रीले खेलको अनुभव आदान प्रदान गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन लेलिन रानाले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०६-०८ , समय : १८:२५:४० , २ हप्ता अगाडि