रुपन्देही खबर , ४३ पटक हेरिएको
काठमाण्डौ,पुस ७
इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा भिल्लाले युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । भिल्लाको जीतमा दुवै गोल मोर्गान रोजर्सले गरे । युनाइटेडका म्याथ्युस कुन्हाले एक गोल गरे ।
पहिलो हाफको ४५औं मिनेटमा मोर्गानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछिको इन्जुरी समयमा कुन्हाले गोल गर्दै खेल बराबरीमा ल्याए । ५७औं मिनेटमा मोर्गानले पुनः गोल गर्दै भिल्लालाई खेलमा अगाडि ल्याए ।
त्यसपछि कुनै गोल भएनन् । जीतपछि तेस्रो स्थानको एस्टन भिल्लाको १७ खेलबाट ३६ अंक भएको छ । पराजित युनाइटेड २६ अंकसहित सातौं स्थानमा छ ।
प्रकाशित मिति: २०२५-१२-२२ , समय : १०:२१:३१ , २ घन्टा अगाडि