रुपन्देही खबर , ७२ पटक हेरिएको
नेपालगञ्ज,पुस १४
समाजवादी विद्यार्थी युनियन, नेपालको बाँके जिल्ला तदर्थ समिति गठन गरिएको छ। संगठन विस्तार तथा विद्यार्थी आन्दोलनलाई सशक्त बनाउने उद्देश्यले २९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।
नवगठित समितिको संयोजकमा डुडुवा गाउँपालिका–६ का खेमराज मौर्य चयन हुनुभएको छ। सह–संयोजकहरूमा नेपालगञ्ज उपमहानगरपालिका–१३ की मुन्नी केवट र नेपालगञ्ज–४ का अलताफ शेख रहनुभएको छ। त्यसैगरी, सदस्य सचिवको जिम्मेवारी नेपालगञ्ज–२० का सुरज शर्मालाई दिइएको छ।
समितिका सदस्यमा नेपालगञ्ज–२० की बिनु यादव सहित विभिन्न स्थानका प्रतिनिधित्व रहने गरी कुल २९ जना समेटिएका छन्।
तदर्थ समितिले बाँके जिल्लामा विद्यार्थीका हकहित, शैक्षिक अधिकार, लोकतान्त्रिक मूल्य तथा समाजवादी विचारधारालाई प्रवर्द्धन गर्दै संगठनलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएको छ। संगठनले आगामी दिनमा जिल्लाभरि विद्यार्थीलाई एकजुट गर्दै रचनात्मक तथा अधिकारमुखी गतिविधि सञ्चालन गर्ने जनाएको छ।
प्रकाशित मिति: २०२५-१२-२९ , समय : १०:१४:२२ , ३ घन्टा अगाडि