राज्यले किसानलाई सहुलियत र मल दिनुपर्नेमा जोड

प्रकाश न्यौपाने , २२६  पटक हेरिएको

नवलपरासी, असार १६

क्षत्री समाज नवलपरासीले राष्ट्रिय धान दिवसको अवसरमा सरावलको हात्तिवनमा धान रोपेर मनाइएको छ । जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१औं राष्ट्रिय धान दिवस मनाइरहदा क्षत्री समाजले पनि धान रोप्दै दहि चिउरा खाएर दिवस मनाएको छ ।

कार्यक्रममा बोल्दै क्षत्री समाजका केन्द्रिय उपाध्यक्ष लाल बहादुर अधिकारीले राज्यले किसानलाई नारा मात्रै दिएको बताउनु भयो । ” राज्यले किसानलाई नारा मात्रै दिएको छ । नारालाइ व्यवहारमा लागु गर्नका राज्यले किसानलाई सहुलियतमा कृषि सामाग्री र समयमा मल दिनु पर्छ ।” अधिकारीले भन्नु भयो । नेपाल कृषि प्रदान देश भएको र कृषकहरु संग हातेमालो गरेर सरकार अगाडि बढ्नु पर्ने अधिकारीको भनाइ छ ।

राष्ट्रिय धान दिवसको अवसरमा हिलो खेल्दै, खेतका आलि मिलाउदै, असारे भाखामा गीत गाउदै, धान रोपिएको क्षत्री समाज नवलपरासीका जिल्ला अध्यक्ष मनोज कुमार कार्कीले बताउनु भयो । क्षत्री समाजकै राष्ट्रिय पोशाकमा लगाएर दिनभरी जसो सरावलका कृषकहरु संग संगै खेतमा धान रोपाई गरेको हो । धान रोप्न कपिलवस्तु, रुपन्देही र नवलपरासीका क्षत्री समाजका प्रतिनिधिहरु सङै नवलपरासी जिल्ला कार्यसमिति र जिल्लाका सातै वटा पालिकाहरुका पालिका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।

धान दिवसका अवसरमा नवलपरासी जिल्लाले केन्द्रिय उपाध्यक्षमा लालबहादुर अधिकारी हुनु भएकोमा सम्मान समेत गरिएको जिल्ला अध्यक्ष कार्कीले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२४-०६-३० , समय : १२:४८:०९ , ४ महिना अगाडि