बर्दघाटका प्रहरी प्रमुख घिमिरेलाई पत्रकारहरुद्वारा बिदाइ 

रामु भुसाल , ३०४  पटक हेरिएको

बर्दघाट , असार ९

ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कृष्ण घिमिरेलाई बर्दघाटका पत्रकारहरुले एक कार्यक्रमका बिच बिदाई गरेका छन। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा काज सरुवा भै जान लाग्नु भएका निरीक्षक घिमिरेलाइ बिदाई गरिएको हो।

बिदाई कार्यक्रममा पत्रकारहरुले निरीक्षक घिमिरेलाई सम्मान सहित मायाको चिनो प्रदान गरेका छन । दश महिनाको सफल कार्यकाल निर्वाह गर्नु भएका घिमिरे काज सरुवा भै जिल्ला प्रहरी कार्यालय अर्घाखाँची सरुवा हुनुभएको हो।

सम्मान कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक घिमिरेले आफू बर्दघाटमा रहदा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन अहोरात्र कृयाशिल रहेको र सो कार्यमा सबै नगरबासिको साथ पाएकोले आफ्नो कार्यकालमा कुनै आपराधिक तथा अप्रिय घट्ना नभएको बताउदै सबै नगरबासीलाई धन्यवाद समेत दिनु भएको थियो ।


आफुले सुशासन कायम गर्न कार्यलयलाई नागरिक मैत्री बनाउदै कार्यलयको सौन्दर्यिकरणमा आफुले सक्दो पहल गरेको बताउनु भएको थियो ।समाजलाई सकारात्मक दिशा निर्देश गर्न र खबरदारी गरी समाजमा सुशासन कायम गर्न संचार जगतको महत्वपूर्ण भुमिका रहको हुदा बर्दघाटमा आफू रहदा सबै पत्रकार र सन्चार माध्यमको साथ र सहयोग रहेको उल्लेख गर्नु भएको थियो।

 

सो अबसरमा प्रहरी निरीक्षक घिमिरेले आफ्नो सक्रियतामा १० महिनाको अवधिमा अवैध मालसामान बरामद ,नदिजन्य पदार्थको उत्खनन,अवैध खसिबोका ,कुखुरा तथा लागुऔषध बरामद लगायतका अवैध मालसामान नियन्त्रण गरी झन्डै १ करोड १० लाख रकम बराबर ईलाका प्रहरी कार्यालय मार्फत राजस्व कार्यालयमा दखिला भएको बताउनु बताउनु भयो।

कार्यक्रममा पत्रकारहरुले घिमिरेको आगामी कार्यकालको सफलताको शुभकामना दिदै जहा कार्यरत भए पनि आफ्नो कर्तव्य नभुली समाजलाई शान्ति सुब्यबस्था कायम गर्न अनुरोध गरेका थिए ।कार्यक्रममा बर्दघाट क्षेत्रका पत्रकार , कार्यालयका सुरक्षाकर्मिलगायत ,सन्चारकर्मीहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०२२-०६-२३ , समय : ०९:२८:४१ , २ वर्ष अगाडि