रुपन्देहीमा १५ हजार घुस रकमसहित प्रहरी हवल्दार पक्राउ

रुपन्देही खबर , ११७  पटक हेरिएको

भैरहवा,साउन ३१

प्रहरी हवल्दार डुक बहादुर खड्का घुससहित पक्राउ परेका छन् । प्रहरी चौकी भुजहवा नवलपरासी (ब.सु.पश्चिम) दरबन्दी भइ अस्थायी प्रहरी बिट भैरहवा बसपार्क रुपन्देहीमा कार्यरत खड्का घुस रकमसहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार खड्काले भारतबाट रुपन्देहीको भगवानपुर नाका हुँदै भन्सार छली अवैध रुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदन प्राप्त भएको थियो ।

सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले खड्कालाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ लिइसकेको अवस्थामा रोहिणी गाउँपालिका–३ स्थित सेमरहवा चोकबाट बिहीबार नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०८-१५ , समय : २२:५६:४२ , ५ महिना अगाडि