रंजीत शर्मा , २३५ पटक हेरिएको

नवलपरासी, पुस १६
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर २ मा अवस्थित रमपुरवा साना किसान सहकारी संस्थाले सोमबार आफ्नो २८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभाले संस्थाको गत वर्षको कार्यसम्पादनको समीक्षा गर्दै आगामी वर्षका लागि नयाँ योजनाहरू अगाडि सारेको छ ।
रमपुरवा साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष हेमन्त कुमार कानुको अध्यक्षता तथा साना किसान लघुवित्त संस्था लिमिटडका सञ्चालक समितिका सदस्य शुकदेव न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम बोल्दै प्रमुख अतिथि न्यौपानेले सहकारी संस्था देशको आर्थिक विकासको मेरुदण्ड भएकोले यसलाई थप गति दिन तथा युवा उद्यमशीलता तर्फ अग्रसर हुन आग्रह गर्नु भएको छ। उहाले न
हाल आर्थिक अवस्थामा सुधार ल्याउन उद्यमशीलताको आवश्कता रहेकोले त्यस तर्फ लगानी गर्न आग्रह गर्नु भएको छ ।
त्यस्तै सभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष हेमन्त कानुले संस्थाले किसानहरूको हितका लागि निरन्तर काम गरिरहेको बताउनुभएको छ उहाँले भन्नुभयो,”हामीले किसानहरूलाई सहुलियतपूर्ण ऋण, बीउबिजन, मलखाद लगायतका कृषि सामग्री उपलब्ध गराउँदै आएका छौँ। आगामी दिनमा हामीले किसानहरूको उत्पादकत्व बढाउनका लागि विभिन्न तालिम तथा गोष्ठीहरू आयोजना गर्नेछौँ।”
सभामा संस्था अध्यक्ष हेमन्त कुमार कानुले गत वर्षको वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। उहाँका अनुसार महिला ७९९ र पुरुष ७३० गरी १५५९ जना शेयर सदस्य रहेको यस संस्थाले गत वर्षमा २१ करोड ७३ लाख ५२ हजार ४ सय ८९ रुपैयाँको कारोबार गर्दै ४० लाख ३५ हजार ३ सय ४९ रूपयाँ नाफा आर्जन गरेको छ । संस्थाले किसानहरू लाई १६ करोड ३० लाख १६ हजार २ सय ३५ रुपैयाँ बराबरको ऋण प्रदान गरेको छ।
सभामा उपस्थित अतिथिहरूले संस्थाको कामको प्रशंसा गर्दै आगामी दिनमा अझै राम्रो काम गर्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले संस्थाले किसानहरूलाई बजारको समस्या समाधान गर्नका लागि पनि पहल गर्नुपर्ने बताएका छन्।
कार्यक्रममा वार्ड नं ०१ का वडा अध्यक्ष चुलाही यादव,
आनन्द वन साना किसान सहकारी संस्था लिमिटेडका चन्द्रमणि न्यौपाने, ईलाका प्रहरी कार्यालय महेशपुरका प्रमुख,वार्ड सदस्य, संस्थाका पूर्व अध्यक्ष लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन संस्थाका प्रबन्धक रियाज अन्सारीले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-१२-३१ , समय : १०:३२:४६ , १ महिना अगाडि