उर्मिला यादव यात्री , २५५ पटक हेरिएको

भैरहवा, पुस १७
सडकमै खाउ, सडकमा रमाउ, पर्यटकहरुलाई स्वागत गरौं, स्थानिय खाना र बजारको प्रवद्र्धन गरौ भन्ने मुल नाराका साथ भैरहवामा सडक खाना महोत्सव गरिएको छ । उद्योग व्यापार संगठन, रुपन्देहीको आयोजनामा मंगलबार भैरहवामा भएको सडक खाना महोत्सव–२०२५को उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले अन्तराष्ट्रिय गौतमबुद्ध बिमानस्थललाई नियमित रुपमा संचालन गर्नका लागी निरन्तर खटेको बताउनु भएको छ ।उहाले यसलाई नियमित गर्ने प्रतिबद्धता गर्दै निरास नहुन व्यवसायीलाई आग्रह गर्नु भएको छ । उहाले लुम्बिनी प्रदेशमा पर्यटक क्षेत्रको विकासका लागी बिभिन्न योजनाहरु बनाएर काम गरिरहेको जानकारी दिनु भएको छ । उहाले लुम्बिनीमा पर्यटकहरु भित्रयाउनका लागी सम्पुर्ण निकाय एकचित्त भएर लाग्नुपर्नेमा जोड दिनु भयो । उहाले देशको आर्थिक अवस्था कमजोर भएको अवस्थामा लुम्बिनीका ब्यवसायीहरुले ठुलाठुला होटलमा लगानी गरी समस्यामा परेकोले हिम्मत नहार्न सम्पुर्ण ब्यवसायीहरुलाई आग्रह गर्नु भएको छ । उहाले लुम्बिनी प्रदेश सरकार ब्यवसायीहरुको साथमा भएको बताउदै लुम्बिनीका ब्यवसायीहरुलाई सफल बनाउन प्रदेश सरकार निरन्तर लागी रहने प्रतिबद्धता समेत गर्नु भएको छ ।
यस्तै गरी संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खाँ ले सिद्धार्थनगरको बेलहिया नाकाबाट नेपाल भित्रिने पर्यटकहरुलाई सहज वातावरण बनाउन आग्रह गर्नु भएको छ । उहाले भन्सारमा देखिएको समस्यालाई सहज तरिकाले समाधान गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण गराउनु भएको छ । उहाले कर्मचारी अभावका कारण समयमै हुन नसकेका कामहरु समयमै गरे नेपालमा सोचे भन्दा बढी पर्यटक भित्रयाउन सकिने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले अरबौ लगानीमा लुम्बिनीमा होटलहरु संचालन भएकोले नाकामा भएका बिबिध समस्याहरु समयमै समाधान गर्न आग्रह गर्नु भएको छ । उहाले पर्यटकहरुलाई सिमामा सास्ती खेप्नु परेकोले फर्किने अवस्थामा पुगेको बताउनु भएको छ ।
यस्तै गरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले ब्यवसायिक क्षेत्र लगायत उद्योग ब्यवसायमा आर्थिक मन्दी देखिएको बताउनु भएको छ । उहाले आर्थिक क्रियाकलापहरु सक्रिय रुपमा अगाडी बढे मात्र नियमित रुपमा देखिने आर्थिक मन्दीबाट माथि उठन सकिने बताउनु भएको छ । उहाले बिगतमा पनि यस्ता थुप्रै क्षणहरु आएकोले यसलाई पार गर्दै अगाडी बढन ब्यवसायीहरुलाई आग्रह गर्नु भएको छ । उहाले आर्थिक क्रियाकलाप संचालन, ब्यवसायिक क्रियाकलाप संचालन, ब्यापार र ब्यवसाय संचालन यि क्रियाकलापहरुमा शान्ति सुरक्षाको अहम भुमिका भएको उल्लेख गर्नु भयो । उहाले पछिल्लो समय रुपन्देही जिल्ला शान्तिसुरक्षाको दृष्टिले सुरक्षित जिल्लाको श्रेणीमा भएको बताउनु भएको छ । उहाले सिमा सुरक्षा, सिमापारी अपराध, सिमा तस्करी जस्ता क्रियाकलापमा उल्लेख्य प्रगति भएको बताउदै यो अनुभुती जनताले गरिरहेको बताउनु भयो ।
उहाले सक्रियताका शान्ति सुब्यवस्था अमनचयन कायम राख्न, सिमा सुब्यवस्था कायम राख्न, सिमापारी हुने तस्करी अपराधलाई नियन्त्रण गर्न पुर्ण रुपमा प्रशासन लागेको बताउनु भएको छ । उहाले यसले रुपन्देहीको ब्यापार क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाउने बिश्वास लिएको बताउनु भएको छ ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले बेलहियाबाट नेपाल भित्रिने पर्यटकहरुलाई सहज बातावरण बनाउन यहाका स्थानिय तह लगायत बिभिन्न संघसंस्थाहरुको महत्वपुर्ण भुमिका भएकोले त्यस तर्फ ध्यान दिन आग्रह गर्नु भएको छ ।उहाले पछिल्लो समय निजी क्षेत्र निरास भएको अवस्थामा यसलाई आशामा रुपान्तरण गर्न अनुरोध गर्दै बिश्वासको डोरी मजबुत बनाउदै अगाडी जोडन आवश्यक भएको उल्लेख गर्नु भयो । उहाले सरकारले निजी क्षेत्रलाई नहेरेको गुनासो गर्दै निजी क्षेत्रलाई अगाडी बढाउन सके मात्र स्थानिय स्तरमा नै रोजगारीको सिर्जना गर्न सकिने बताउनु भयो । उहाले गौतम बुद्ध अन्तराष्ट्रिय बिमान स्थल निरन्तर रुपमा संचालन गर्नका लागी एकआपसमा प्रतिबद्ध भएर लाग्नुपर्ने जोड दिनु भयो । उहाले सडकबाट आउने पर्यटकहरुले अनेक किसिमका समस्याहरु झेल्नुपरेकोले यसबाट मुक्त गर्न हरेक क्षेत्रले पहल गर्नुपर्ने बताउनु भएको छ । उहाले सडक खाना महोत्सव कार्यक्रम आम नागरिकको चासोको विषय भएकोले यसलाई निरन्तरता दिन समेत आग्रह गर्नु भएको छ ।
कार्यक्रममा चेम्बर अफ कमर्स, उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठको स्वागत मन्तब्य रहेको कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवाली , संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारी, लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष कमल रायमाझी लगायतले बोल्दै निश्चित क्षेत्र छुट्याएर रात्रीकालीन बजार सञ्चालन गर्नुपर्नेमा जोड दिनु भएको थियो । भने कार्यक्रम संचालन संगठनका महासचिव लक्ष्मी अधिकारीले गर्नु भएको थियो ।
सडक खाना महोत्सव उद्योग व्यापार संगठन, रुपन्देहीको आयोजना, सिद्धार्थनगर नगरपालिका रुपन्देही र यूनिक साउण्ड भैरहवाको सह–आयोजनामा सम्पन्न भएको हो । भने महोत्सवको संरक्षकमा नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेश, प्रवद्र्धकमा पर्यटन विकास परिषद्, लुम्बिनी प्रदेश, प्रायोजकमा गोर्खा बु्रअरी, सह–प्रायोजकमा रुद्राक्ष मार्ट भैरहवा र विशेष सहयोगीमा यूनिक बैंक्वेट रहेका थिए ।त्यस्तै सहयोगी संस्थाहरुमा सिद्धार्थ सञ्जाल रुपन्देही, सिद्धार्थ होटल संघ ९सान०, होेटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, लुम्बिनी प्रेस क्लब रुपन्देही, आस्था महिला उद्यमी संघ, मोबाइल व्यवसायी संगठन रुपन्देही, मदिरा व्यवसायी संघ भैरहवा, सोसाईटी अफ टुर्स एण्ड ट्राभल्स सोट्टो, नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स नाट्टा, सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि. र सिद्धार्थ यातायात व्यवसायी प्रा.लि. रहेको थियो । महोत्सवमा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेको थियो । भने अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा आयोजित महोत्सवमा विभिन्न स्थानिय परिकारहरुका स्टलहरु राखिएका थिए ।
प्रकाशित मिति: २०२५-०१-०१ , समय : १९:३८:३६ , १ महिना अगाडि