पश्चिम नवलपरासीमा पानी नपरे पछि जनप्रतिनिधिलाई बाधेर मन्दिर लगियो

प्रकाश न्यौपाने , ७२७  पटक हेरिएको

नवलपरासी, साउन २

पश्चिम नवलपरासीको सरावल गाउपालिकामा किसानहरुले जनप्रतिनिधिलाइनमा बाँधेर मन्दिर लगेका छन । लामो समय देखि पाली नपरे पछि अगुवालाई बाधेर मन्दिर लगे पानी आउछ भन्ने विश्वासमा जनप्रतिनीधिलाई बाँधेर मन्दिर लगिएको हो ।

 

जनप्रतिनीधिहरुलाई सरावल गाँऊपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी र उपाध्यक्ष बासमती हरिजनसहित अन्य जनप्रतिनिधि र कर्मचारीलाई बाँधेर मन्दिर लगिएको हो । बाँधेर मन्दिर लगिएका जनप्रतिनीधिले स्वच्छ मनले पुजा अर्चना गरे भगवान खुसी भएर पानि पार्ने विश्वासमा यस्तो गरिएको सरावल गाँऊपालिकाका अध्ययक्ष सुखाडी प्रसाद चौधरी बताउनु भएको छ ।

जब जब असार महिनामा पानि पर्दैन, तब तब स्थानियले अगुवालाई बाधेर मन्दिरमा लगेर हिलो छ्याप्ने प्रचलन छ । अगुवाले स्वच्छ मनले पुजा गरेमा पानि पर्ने विश्वास लिएर स्थानियले जनप्रतिनीधिलाई बाँधेर मन्दिर लगेर पुजा गर्न लगाउने प्रचलन रहेको अध्यक्ष चौधरीले बताउनु भयो ।

 

तिनदिन सम्म पुजा अर्चना गरि अन्तिम दिन गाँऊका अगुवालाई बाँधेर बालबालिका सहित मन्दिरमा पुजा अर्चना गर्दा भगवान खुसी भएर पानि दिने विश्वास छ ।

पश्चिम नवलपरासीमा २१ हजार हेक्टर क्षेत्रफलमा धान खेति हुदै आएको छ । मल वेलामा नपाएका किसान यति वेला थप पिडामा परेका छन । रोपाई सकेको लामो समय बितिसक्दा पनि पानी नपर्दा किसानले रोपेको धान सुक्न थालेको छ । किसान चिन्तित देखिएका छन ।

 

खडेरीले माटो सुक्दा खेतमा धाँजा फाटेको छ । असारको पहिलो साताबाटै रोपाई सुरु गरेका किसान आकासे पानिको भर पर्दा र बैकल्पिक सिचाईको व्यवस्था नहुदा रोपो सुक्न थाल्दा यस बर्ष धान उत्पादनमा कमि आउनेहोकि,लगानि पनि नउठ्नेहोकि भन्ने कुराले यतिबेला किसानहरुलाई पिरोल्न थालेको छ ।

अघिल्लो बर्ष बाढि डुबाउका कारण धान उत्पनदनमा क्षति भएपनि पछिल्लो समयमा जिल्लामा धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्रको दावि छ ।

 

जिल्लामा २१ हजार हेक्टर क्षेत्रफलमा धान खेति हुदै आएको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका प्रमुख शिव अर्यालले जानकारी दिनु भएको छ । प्रति हेक्टर ४१ क्विन्टल धान उत्पादन हुने गरेको र यस बर्ष जिल्लामा ९६ प्रतिशत धान रोपाई भएको अर्यालले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२२-०७-१८ , समय : १८:१०:०९ , २ वर्ष अगाडि