प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगरको नगर उपप्रमुख चौधरीद्वारा उद्घाटन

अजय मिश्र , ६८०  पटक हेरिएको

कृष्णनगर, साउन ८

कपिलवस्तु जिल्लाको कृष्णनगरमा प्रथम सांस्कृतिक मिनी रमाइलो मेला आज प्रमुख अतिथि कृष्णनगर नगरपालिकाकोननगर उप प्रमुख आरती देवी चौधरीले एक कार्यक्रमका बिच मेलाको उद्घाटन गर्नु भएको छ ।

 

महेंद्र पार्क समिति कृष्णनगरको आयोजनामा हुन लागेको प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगरको आज एक कार्यक्रमका बिच भव्य उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै समाजसेवी भरत किशोर चौधरीले प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगरको पहिचानको रुपमा रहेकोेले सबैलाई उक्त मेला अवलोकन गर्न आग्रह गर्दै मेलाको सफलताको शुभकामना समेत दिनु भएको थियो ।

 

उद्घाटन कार्यक्रममा बोल्दै वडा नं २ का वडा सदस्य राहुल मोदनवालले प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगर लाई भव्य र सभ्य रूपमा मनाउनका लागि सबैको साथ चाहिने बताउनु भएको छ ।

 

प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगरमा विभिन्न सांस्कृतिक प्रोग्राम हरू गर्न विभिन्न कलाकारहरू आउने तथा झुला लगायत रहने र सबैलाई मेला अवलोकन गर्न आयोजकले आग्रह गर्दै मेला लगभग एक महिनासम्म चल्ने जानकारी गराएको छ ।

उद्घाटन कार्यक्रममा प्रहरी, पत्रकार, जन प्रतिनिधि, समाजसेवी, कलाकार लगायत दर्शकहरुको उपस्थित रहेको थियो l

प्रकाशित मिति: २०२२-०७-२४ , समय : २२:०९:१० , २ वर्ष अगाडि