ईदको अबसरमा सिद्दार्थनगरका मेयर खानद्वारा शुभकामना व्यक्त

रुपन्देही खबर , २७७  पटक हेरिएको

भैरहवा, चैत १८

सिद्दार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) इश्तियाक अहमद खानले आम नगरवासी एबम नेपालिजनमा इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद उल फित्र) को अबसरमा सुख, शान्ति र समृद्धिको लागी शुभकामना व्यक्त गर्नु भएको छ । आइतवार साझ एक शुभकामना सन्देस जारी गर्दै उहाले ईद मुस्लिम समुदायको महत्वपुर्ण पर्व भएको उल्लेख गर्दै आपसी सद्भावको पर्वका रूपमा मनाइने ईदले सबै नेपालीबीच बन्धुत्वको भावना अझ बढाउन मद्दत पुग्ने विश्वास समेत व्यक्त गर्नु भएको हो । विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरू राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका पहिचान भएको उल्लेख गर्दै उहाले यो पर्वले समाजका प्रत्येक सदस्यलाई एक अर्कासँग प्रेम र सद्भाव राख्नमा प्रोत्साहन मिल्ने बताउनु भयो  । “यो पवित्र इद पर्वका अवसरमा हामीलाई सबै जाति र धर्मका बीचमा सम्मान र समझदारीको भावना अझ प्रगाढ बनाउने अवसरको रुपमा लिनेमा म बिश्वास लिएको छु । उहाले भन्नु भयो, ‘इद उल फित्र’ पर्वले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा सौहाद्रता र राष्ट्रिय एकताको भावना अझै मजबुत बनाउन प्रेरित गरोस् भन्ने कामना गर्दछु।” इस्लाम धर्मालम्बिहरुले आज सोमबार ईद पर्व मनाउदै छन् ।

प्रकाशित मिति: २०२५-०३-३१ , समय : ०७:०९:४८ , ५ महिना अगाडि