गुल्मीमा एक पुरुषको शव भेटियो

हुमाकान्त पोखरेल , २६७  पटक हेरिएको

गुल्मी , साउन १४

गुल्मीमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको इस्मा गाउँपालिका –६ अम्मरपुरका ३८ वर्षिय टिका बहादुर कुमालको शव शनिबार फेला परेको हो । उनको धुर्कोट गाउँपालिका –५ वस्तु गान्टारी स्थित छल्दी खोलाको किनारमा शव भेटिएको हो ।

शवको स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनु भएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

प्रकाशित मिति: २०२२-०७-३० , समय : २१:२९:५७ , २ वर्ष अगाडि