रुपन्देही खबर , १९० पटक हेरिएको

रुपन्देही, बैशाख १८
रुपन्देहीको शुद्धोदन गाउँपालिकामा नियमित कामहरु प्रभावित भएका छन । कर्मचारीहरुको मनोपली बढदा काममा समेत बाधा पुगेको छ । जनताको सेवालाई छिटो र सहज बनाउन स्थानिय सरकार बनेको हो । जनताको सेवामा रहेका कर्मचारीहरुले संस्थागत भ्रष्टाचारलाई प्रसय दिनु सुशासनलाई खलबलाउने काम हो ।
शुद्धोदन गाउँपालिकाको आग्रहमा वैशाख १४ गते संघिय मामिला मन्त्रालयले आयोजना गरेको स्थानिय तह सङ्ग संघियता कार्यान्वयन सम्बन्धी सहजीकरण कार्यक्रममा कर्मचारीले गरेको बहिस्कार र जनप्रतिनिधिको न्युन उपस्थितिले पनि मनोपलीलाई प्रष्ट पार्छ ।
कार्यक्रममा शाखाका कर्मचारी र जनप्रतिनिधि गरि ४० जना भन्दा बढिलाई निमन्त्रणा पठाइएकोमा कम्तिमा पनि ३५ भन्दा माथी उपस्थिति हुनुपर्नेमा जम्मा ३ जना कार्यपालिका सदस्य र ५ जना कर्मचारीको उपस्थिति रहेको थियो ।
केही समय अगाडीदेखि पालिकाका प्रमुख प्रशासकीय अधिकृत सङ्ग कर्मचारीको बढुवा (स्तर उन्नतिको) बिषयलाई लिएर असन्तुष्ट र गुनासो रहेको थियो ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रतिनिधित्व गरेर गएका शाखा अधिकृत हरि प्रसाद पौडेलले अहिले प्रदेश र संघको कानुन बाँझिएर आएको सन्दर्भमा व्यक्तिगत रुपमा प्रमुख प्रशासकीय अधिकृतले मात्र चाहेर बढुवाको बिषय हल हुन नसक्ने बताए । यही विषयलाई लिएर केन्द्रबाट आएको कार्यक्रम कर्मचारीले बहिस्कार गर्नु दुखद भएको उनले धारणा राखेका थिए ।
पछिल्लो समय रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी बिच बढुवा लगायतको बिषयमा विवाद र मनमुटाव पैदा हुँदा दैनिक कार्यक्रम संचालन र सेवा प्रवाह समेत प्रभावित बन्दै आइरहेको छ ।
केही शाखा प्रमुख लगायतबाट कार्यालयको काम गर्नमा असहयोग गरेकाले कार्यमा ढिलासुस्ती भएको स्वीकार्दे परिस्थिति सहज नहुन्जेल काममा फर्कन नसक्ने भन्दै शुद्धोधन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर घर्तीले कार्यवातावरणमा सहजीकरण गर्न पालिका अध्यक्ष विष्णु बस्याललाई अनुरोध गरेको बताइएको छ ।
प्रकाशित मिति: २०२५-०५-०१ , समय : ११:५०:११ , १ हप्ता अगाडि