रुपन्देही खबर , १०१ पटक हेरिएको

पोखरा बैशाख १८
पोखरा महानगरपालिका –१७ बिरौटामा हरिहर मन्दिर संगै केहि स्थानियको जग्गामा सुरु भएको गण्डकी कोटीहोम भव्य रुपमा संचालन भैरहेको छ । कोटीहोमको प्रथम दिन माननीय देखि लिएर पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । महायज्ञको पहिलो दिन भारतीय चर्चित स्वामी कैलाशानन्दजीले उत्घाटन गर्नु भएको छ । उदघाटन पछि उहाले कृष्णलिला कथा सुनाउनु भएको थियो । उहाको उपथितीले महायज्ञको थप शोभा बढाएको महायज्ञका संकल्पकर्ता विजयमुक्ति महाराजले जानकारी दिनु भएको छ । उदघाटनमा पहिलो दिन कास्की जिल्लाका नेपाली कांग्रेस सभापति किशोर बराल , पत्रकार सन्तोष देउजा ,आदिले मन्तब्य राख्नु भएको थियो ।
सुरुवाती समयमा नै राम्रो साथ भएको आयोजकले अबको दिनमा थप भक्तजन बढ्ने प्रति बिश्वास लिएको छ । दैनिक रुपमा कथा बाचन गर्दै आएकी कथा बाचिका देवी प्रतिभाको महायज्ञमा अन्तिम दिन यस अघि कथा बाचिका अनुराधा पाण्डेले आफ्नो कथा बाचन गरी सक्नु भएको छ भने अब यसपछि दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरी लगायतका प्रख्यात धर्मगुरुहरूले पनि कथावाचन गर्नेछन्।
यज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरती र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। साथै, सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ, जसले रचनात्मक अभिव्यक्ति र सांस्कृतिक सहभागितालाई प्रोत्साहन गर्नेछ। आयोजकले देश–विदेशबाट लाखौं भक्तजनको सहभागिता अपेक्षा गरेको छ।
प्रकाशित मिति: २०२५-०५-०१ , समय : २२:३२:४१ , १ हप्ता अगाडि