स्व.डम्बर बहादुर खत्रीको ७ औं पुण्य तिथीमा भैरहवामा श्रद्धान्जली सभा

रुपन्देही खबर , ३२४  पटक हेरिएको

भैरहवा, बैशाख २१

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सिद्धार्थनगर र शहिद जितेन्द्र मणि स्मृति प्रतिष्ठान लुम्बिनी भैरहवा रुपन्देहीले स्वर्गीय डम्मर बहादुर खत्रीको ७ औं पुण्य तिथीको अवसरमा श्रद्धान्जली सभा सम्पन्न गरेको छ । नेकपा माओबादी केन्द्र सिद्धार्थनगरका अध्यक्ष नारायण हमाल ठकुरीको अध्यक्षता तथा नेकपा (माओबादी केन्द्र) स्थाई कमिटी सदस्य हकी कुल्लाह खानको प्रमुख आतिथ्यतामा शनिवार भैरहवामा श्रद्धान्जली सभा गरिएको हो ।
श्रद्धान्जली सभामा बोल्दै प्रमुख अथिति हकी कुल्लाह खानले स्व. खत्रीको तस्बिरमा पुष्प गुच्छा अर्पण गर्दै एक निष्ठावान नेता गुमाउनु परेकोले उहाँको निधनले पार्टीलाई ठुलो क्षति पुगेको बताउनु भएको छ । उहाले स्व. खत्रीले पार्टी र समाजमा गर्नु भएको योगदानको चर्चा गर्दै यस दुःखद घडीमा सम्पूर्ण नेता तथा कार्यकर्ता साथमा रहेको बताउनु भएको थियो ।

यस्तै गरी नेकपा (माओबादी केन्द्र) सिद्धार्थनगरका अध्यक्ष नारायण हमाल ठकुरीले माओबादी पार्टीले असल र जुझारू नेतृत्व गुमाएको प्रति दुःख ब्यक्त गर्नु भएको छ । उहाले स्व.खत्री प्रति श्रदांजली अर्पण गर्दै परिवारजनमा गहिरो सम्बेदना समेत प्रकट गर्नु भयो । उहाले स्व.खत्रीको दुर्घटनाको बारेमा सम्पूर्णमा जानकारी गराउदै उहाँको परिवारजनमा पार्टीको सधै साथ र सहयोग रहने प्रतिबद्धता समेत गर्नु भएको छ ।

यस्तै गरी शहिद जितेन्द्र मणि स्मृति प्रतिष्ठान लुम्बिनी भैरहवा रुपन्देहीका अध्यक्ष तीर बहादुर रोका (डार्बिन) ले स्व .डम्मर बहादुर खत्रीको जीवनीको बारेमा जानकारी गराउदै उहाले सामाजिक कार्यमा गरेको योगदान र भूमिका बारे चर्चापरिचर्चा गर्नु भएको थियो ।

शहिद जितेन्द्र मणि स्मृति प्रतिष्ठान लुम्बिनीका सचिव मनीष कुमार जोशीले कार्यक्रम संचालन गर्नु भएको सभामा बिभिन्न राजनीतिक दल जनप्रतिनिधिहरु, सामाजिक संघसंस्था, तथा पार्टीका नेता, कार्यकर्ता, सुभेक्षुक लगायत आफन्तजनको सहभागिता रहेको थियो । पार्टीले यही बैशाख २६ गते अंचलपुरको दुर्गा मन्दिरको सभाहलमा १३ औ दिनको पुण्यतिथिमा समेत उपस्थितिका आहवान गरेको छ ।

स्वर्गीय खत्री नेकपा माओवादी केन्द्र सिद्धार्थनगरका सल्लाहकार समिती सदस्य, शहिद जितेन्द्र मणि स्मृति प्रतिष्ठान लुम्बिनी भैरहवा रुपन्देहीका कोषाध्यक्ष, अखिल नेपाल ट्रेड यूनियन महासंघ जिल्ला कार्यसमिती रुपन्देहीका कोषाध्यक्ष हुनुहुन्थ्यो ।

प्रकाशित मिति: २०२५-०५-०४ , समय : १०:०८:४६ , ५ दिन अगाडि