रुपन्देही खबर , ३४३ पटक हेरिएको

भैरहवा, बैशाख २५
साल्ट ट्रेडिङ्ग कर्मचारी संगठन केन्द्रीय कमिटी कालीमाटीले स्वर्गीय डम्मर बहादुर खत्रीको १३ औं पुण्य तिथीको अवसरमा आज १ लाख २६ हजार ५ सय १ रुपैया बराबरको चेक प्रदान गरेको छ । स्व. खत्रीको क्रिया सहजताका लागी साल्ट ट्रेडिङ्ग कर्मचारी संगठन नेपालका अध्यक्ष मेघराज ज्ञवालीले आज बिहीबार उहाको श्रीमती माया खत्रीलाई नगद रु एक लाख छब्बीस हजार पाच सय एक बराबरको चेक प्रदान गर्नु भएको हो।
उहाले चेक प्रदान गर्दै परिवार जनमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरुन भन्दै स्व. खत्रीको परिवारको साथमा यस संस्था सधै अभिभावक बनेर उभिरहने बताउनु भएको छ ।
यस्तै गरी स्व. खत्रीको निधन भएको दिन देखी १३ औ पूण्य तिथि (उमकीने दिन ) दिन सम्म लागेको सम्पूर्ण नगद तथा जिन्सी खर्च नेकपा (माओबादी केन्द्र) सिद्धार्थनगर कमिटी परिवारले ब्यवस्थापन गर्दै आएको माओबादी केन्द्र सिद्धार्थनगरका अध्यक्ष नारायण बहादुर हमाल जानकारी दिनु भएको छ । उहाले पार्टीले एक निष्ठावान नेता गुमाउनु परेकोले उहाँको निधनले पार्टीलाई ठुलो क्षति पुगेको बताउनु भएको छ । उहाले स्व.खत्रीले पार्टी र समाजमा गर्नु भएको योगदानको चर्चा गर्दै यस दुःखद घडीमा सम्पूर्ण नेता तथा कार्यकर्ता साथमा रहेको समेत बताउनु भएको थियो ।
स्वर्गीय खत्री नेकपा माओवादी केन्द्र सिद्धार्थनगरका सल्लाहकार समिती सदस्य, शहिद जितेन्द्र मणि स्मृति प्रतिष्ठान लुम्बिनी भैरहवा रुपन्देहीका कोषाध्यक्ष, अखिल नेपाल ट्रेड यूनियन महासंघ जिल्ला कार्यसमिती रुपन्देहीका कोषाध्यक्ष हुनुहुन्थ्यो ।
प्रकाशित मिति: २०२५-०५-०८ , समय : २२:२०:०८ , २२ घन्टा अगाडि