बुद्ध जयन्तीको अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ मा राहत बितरण

उर्मिला यादव यात्री , ११२  पटक हेरिएको

लुम्बिनी, बैशाख २७

बुद्ध जयन्तीको अवसरमा बोधिसत्व बिहार बुढानिलकण्ठ काठमांडौले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ मा राहत बितरण गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बिनोद श्रीवास्तवको अध्यक्षता तथा बोधिसत्व बिहारका धर्म गुरु सुप्रिम मास्टर होभिङ से को प्रमुख आतिथ्यतामा शुक्रवार राहत बितरण गरिएको हो ।

राहत बितरण गर्दै प्रमुख अतिथी होभिङ से ले बिश्वभरीका बौद्धमार्गीहरुको आस्थाको केन्द्रको रुपमा लुम्बिनी रहेको बताउनु भएको छ । उहाले बुद्धले दिएको शान्तिको संदेशले नै मानव जिवनमा सुख शान्ति, प्राप्त हुने भएकोेले बुद्धको संदेशलाई जिवनमा अपनाए मात्र मानिसले मोक्ष प्राप्त गर्ने बताउनु भयो । उहाले शान्तिका अग्रदुत गौतमबुद्धको सन्देशलाई बिश्वभर प्रवाह गर्न सबैमा आग्रह समेत गर्नु भएको छ ।

उहाले गौतम बुद्धको संदेशलाई सबैका सामु ब्यक्त गर्दै आफनो दैनिक जिवनमा अरुको सहयोग गरी अगाडी बढेमा मात्र सुख शान्ति र स्वर्ग अनुभव गर्न सक्ने बताउनु भएको छ । उहाले बुद्धको संदेशलाई आत्मसाथ गर्दै जनतालाई सेवा गर्न आफू आएको उल्लेख गर्नु भयो । उहाले नेपालको ऐेतिहासिक, सांस्कृतिक तथा आध्यात्मिक पहिचानलाई लुम्बिनीले बिश्व मंचमा अझै मजबुत बनाएको जोड दिनु भयो । उहाले यसको संरक्षण,प्रवर्द्धन तथा प्रचारप्रसार गर्नु सम्पुर्ण नेपालीको कत्र्तब्य भएको उल्लेख गर्नु भयो ।

यस्तै गरी लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बिनोद श्रीवास्तवले वडावासीको हकहितमा वडा नम्बर ४ ले काम गर्दै आएको बताउनु भएको छ । उहाले जनताको सरकार नै स्थानिय तह भएकोले आफना हरेक समस्या वडामा आएर भन्न सकिने बताउदै जनताको चाहना अनुसार नै आफुले काम गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

राहत बितरण कार्यक्रममा सामाजिक सुरक्षा भत्ता पाउदै आएका सबै वर्गका जेष्ठ नागरिकलाई छाता, लठठी, झुल, बिधवा, एकल महिला दलित बालबालिका, तथा अपांग लाई रासन,दाल चामल, नुन तेल लगायत मरमसाला प्रदान गरिएको छ भने ,वडाभित्रका बिद्यालयहरु श्री रामजानकी आधारभुत बिद्यालय मनौरा, मायादेवी प्राबि मनौरी, श्री अमारी प्रा.बि का १ हजार २ सय जना बिद्यार्थीहरुलाई स्कुल ब्याग र रेनकोट बाडिएको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बिनोद श्रीवास्तवले जानकारी दिनु भएको छ ।

राहत बितरण कार्यक्रममा गाछेमा तामाङ फाउन्डेसनका अध्यक्ष दिल बहादुर तामाङ, लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ का वडासचिव महाशर्मा अधिकारी, बिद्यालयका प्रधानाध्यापक, बोधिसत्व बिहार बुढानिलकण्ड काठमांडौका पदाधिकारी, बिद्यालयका शिक्षक शिक्षिका , बिद्यार्थी , समाजसेवी लगायत सरोकारवाला निकायहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


लुम्बिनीमा राहत बितरण गर्न आएका बोधिसत्व बिहार बुढानिलकण्ठ काठमांडौका सम्पुर्ण पदाधिकारी सहित बोधिसत्व बिहारका धर्म गुरु सुप्रिम मास्टर होभिङ से लाई लुम्बिनीमा बाजागाजा सहित भब्य स्वागत गरिएको थियो । बोधिसत्व बिहार बुढानिलकण्ड काठमांडौको आयोजना र लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ को सहयोगमा राहत बितरण गरिएको थियो ।


प्रकाशित मिति: २०२५-०५-१० , समय : १८:४६:२५ , ५ घन्टा अगाडि