उर्मिला यादव यात्री , २२१ पटक हेरिएको

बुटवल, बैशाख ३०
गुणस्तरीय शिक्षाका लागी शिक्षामा लगानी गर्न एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । प्रदेश सरकारको शिक्षामा स्पष्ट भिजन नहुदा समावेशी गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको उनीहरुले गुनासो गरेका छन । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय ,शिक्षा तथा मानव स्रोत बिकास केन्द्र्रको आयोजना तथा सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेशको समन्वयमा सोमबार देखि बुटवलमा सुरु भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले बिकासको प्रमुख आधार नै शिक्षा भएको बताउदै शिक्षाको बिकासमा सबै तह इमान्दार भएर लाग्नुपर्ने जोड दिएका छन
उनीहरुले बिगत तीन बर्ष देखी सरकारले समावेशी गुणस्तरीय शिक्षाका लागि छलफल गर्दै आए पनि निष्कर्षमा नपुगेकोे गुनासो समेत गरेका छन ।
अन्तरक्रिया कार्यक्रममा सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेशका सचिव बसन्त प्रसाद पौडेलले लुम्बिनी प्रदेश सरकारले शैक्षिक पुर्वाधार बिकास लागी लगानीलाई फोकस गरी काम गर्ने बताउनु भएको छ । उहाले गुणस्तरी शिक्षा प्रदान गर्न र शिक्षामा सुधार ल्याउन शिक्षकहरु समेत सोही अनुसार परिमार्जित हुनुपर्ने जोड दिनु भयो ।
शिक्षा नै हरेक क्षेत्रको ढोका भएकोले शिक्षामा लगानी गर्ने बताउनु भएको छ । उहाले प्रदेश सरकारले समेत शिक्षामा लगानी गरी गुणस्तरीय शिक्षा प्रदान गर्नमा सकरात्मक रहेको जोड दिदै शिक्षामा जति लगानी हुन्छ त्यही अनुरुप प्रतिफल पनि प्राप्त हुने भएको आगामी दिनमा शिक्षामा लगानी गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले लुम्बिनी प्रदेशमा शिक्षामा काम गर्ने संघसंस्थाहरुलाई एकद्धार प्रणालीद्धारा अघि बढनु पर्छ भन्ने मान्यताका सहकार्य गर्ने बताउनु भएको छ ।
उहाले लुम्बिनी प्रदेशमा शिक्षामा कुनै भिजन नभएको बताउदै अब दिर्घकालिन भिजन बनाएर काम गर्ने बताउनु भएको छ । उहाले तर्दथ पाराले शिक्षामा सुधार नआउने बताउदै उहाले लुम्बिनी प्रदेशले २ वटा बिषयमा टेकेर भिजन बनाउन खोजेको बताउनु भयो । प्रदेश सचिव पौडेलले संबिधानको अनुसुचीमा राखेको साझा अधिकारको सुची र संबिधानकै अनुसुचीमा रहेको प्रदेश सरकारको शिक्षा सम्बन्धी अधिकारको सुचीमा टेकेर स्थानिय तहको शिक्षाको अधिकारलाई सहयोग हुने गरी निति तथा कार्यक्रम बनाउन खोजेको बताउनु भएको छ । उहाले आगामी दिनमा प्रदेशको एकीकृत शिक्षा निती ल्याउने प्रतिबद्धता गर्नु भएको छ ।
शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय ,शिक्षा तथा मानव स्रोत बिकास केन्द्र्रको आयोजना तथा सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेशको समन्वयमा सोमबार देखि बुटवलमा सुरु भएको अन्तरक्रिया कार्यक्रममा रुपन्देहीको मर्चवारी गाउपालिका अध्यक्ष गया प्रसाद बरई, शिवराज नगरपालिका कपिलवस्तुका नगर प्रमुख अजय थापा, सुद्धोधन गाउपालिका कपिलवस्तुका अध्यक्ष कमलेश शरण चौधरी, सिस्ने गाउपालिकाका अध्यक्ष कृष्ण रेग्मी लगायतले बोल्दै स्थानिय तहमा गुणस्तरीय शिक्षा कसरी बनाउन सकिन्छ भन्दै प्रश्न गर्नु भएको थियो ।
भने अन्तक्रिया कार्यक्रमको पहिलो दिनमा लुम्बिनी प्रदेशको शैक्षिक अवस्था, तथ्यांक,शिक्षा योजनाका लक्ष्य, शिक्षाका चालु योजनाहरु, प्राथमिकताा क्षेत्र तथा कार्यक्रमको बारेमा सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेश शिक्षा तालिम केन्द्रका प्रमुख दिवाकर भण्डारीले सहजीकरण गर्नु भएको थियो ।
यस्तै गरी समावेशी शिक्षा र शिक्षामा समावेशीकरणका बिषयमा शिक्षा तथा मानव स्रोत बिकास केन्द्रका दिपक माझीले सहजीकरण गर्नु भएको थियो । सबिता दङ्गालको स्वागत मन्तब्य रहेको पहिलो दिनको अन्तक्रिया कार्यक्रममा सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेशका सचिव बसन्त प्रसाद पौडेल, शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय सिंहदरबार काठमाण्डौका सहसचिव युवराज पौडेल, एजुकेशनल पेजेजका कार्यक्रम संयोजक राजेन्द्र उफ्रेती , सामाजिक बिकास निर्देशनालयका निमित्त प्रमुख नारायण पोखरेल लगायतले आ आफनो भनाई राख्नु भएको छ । आज दोस्रो दिन स्थानिय तहको शिक्षा योजना बिकासमा लैंगिक उत्तरदायि र समावेशीताका पक्ष, पालिकाको अवस्थाबारे छलफल गरिने बताइएको छ ।
प्रकाशित मिति: २०२५-०५-१३ , समय : १०:०७:२५ , १ महिना अगाडि