हावाहुरीले रुख ढलेर च्याप्दा सुनवलमा २ जनाको मृत्यु

रुपन्देही खबर , ६९  पटक हेरिएको

सुनवल,जेठ २

शुक्रवार एक्कासी आएको हावाहुरीले रुख ढलेर च्याप्दा पश्चिम नवलपरासीको सुनवलमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवल ७ चारपाला बस्ने ३० वर्षिया मिरा वयम्बु र सोही वडाका ४० वर्षिय दुर्गाबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी प्रहरी नायब उपरीक्षक बिरदत्त पन्तले जानकारी दिनु भएको छ ।
उहाका अनुसार दुर्घटनामा परि ३ जना घाइते भएका छन् । घाइते हुनेमा सुनवल ७ चारपाला बस्ने ४० बर्षिय नरमती परियार, सोही स्थानकी ५१ बर्षिय दुर्गेशवरा खाम्चा मगर र २२ बर्षिय अनिल थापा रहेको प्रहरीले जनाएको छ । घाइहतेलाई उपचारका लागि भलुही मेडिकल कलेज पठाइएको छ ।
हावा हुरीसहित आएको पानीबाट जोगिन उनीहरु प्रतीक्षालयमा ओत लागेका थिए । तर प्रतिक्षालय माथी नै रुख ढलेपछि मानवीय क्षति भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति: २०२५-०५-१६ , समय : २२:३०:४४ , ८ घन्टा अगाडि