कृषि क्षेत्रलाई आधुनिकीकरण, प्रबिधीकरण र ब्यवसायीकरण गर्न माग

उर्मिला यादव यात्री , ६५  पटक हेरिएको

भैरहवा, जेठ ४

कृषि क्षेत्रलाई आधुनिकीकरण, प्रबिधीकरण र ब्यवसायीकरण गर्न एक कार्यक्रमका बक्ताहरुले माग गरेका छन । उनीहरुले सरकारले बनाउने निती तथा कार्यक्रममा किसानको प्रत्यक्ष रुपमा अपनत्व हुने गरी निती तथा कार्यक्रम बनाउन आग्रह गरेका छन । अखिल नेपाल किसान महासंघ सिद्धार्थनगर नगर कमिटी रुपन्देहीको शनिवार भैरहवामा आयोजित दोस्रो नगर अधिवेशनमा बोल्ने अधिकांश बक्ताहरुले किसानका हकअधिकारका निम्ती तीनै तहका सरकारले कृषि क्षेत्रको पहिचान त्यस क्षेत्रलाई अगाडी बढाउनुपर्ने बताएका हुन । उनीहरुले कृषि सामाग्रीहरुको संकलन केन्द्र भए मात्र बजारीकरणमा सहजता हुने भएकाले किसानहरुलाई स्थानिय सरकारले बजारीकरणमा ब्यवस्थापन गर्न समेत आग्रह गरेका छन उनीहरुले । किसानको मागका आधारमा कृषिमा बजेट बिनियोजन गर्न, उत्पादनका आधारमा किसानलाई अनुदान दिने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम गर्नुपर्ने जोड दिएका छन ।

यस्तै गरी कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र गिरीले उत्पादनमा बृद्धि गर्ने योजनाका साथ स्थानिय सरकार लाग्नुपर्ने बताउनु भएको छ । उहाले हरेक पालिकाले किसान सुचीकरण गर्नुपर्ने जोड दिदै आगामी निती तथा कार्यक्रममा कृषिमा बजेट छुटयाएर हरेक पालिकाले काम गर्नूपर्ने बताउनु भयो । उहाले लुम्बिनी प्रदेशमा कृषि बजार भए पनि त्यसमा कृषकको अपनत्व नभएको गुनासो गर्नु भयो । उहाले किसानले उत्पादन गरेका सामानहरुको बजारीकरणको अभावमा बजार मुल्य पाउन नसकेको गुनासो गर्नु भयो ।


अखिल नेपाल किसान महासंघ सिद्धार्थनगर नगर कमिटीका उपाध्यक्ष ऐन बहादुर थापाको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेकपा एमाले सिद्धार्थनगर अध्यक्ष चक्र थापा, किसान महासंघ रुपन्देही जिल्ला ईन्चार्ज कृष्ण प्रसाद पन्थी, अखिल नेपाल किसान महासंघ स्थायी कमिटी सदस्य एवम रुपन्देही जिल्ला इन्चार्ज चुमकला बस्याल, नेकपा एमाले पार्टी प्रदेश कमिटी सदस्य हरि प्रसाद अधिकारी, नेकपा एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य भरत पोखरेल, लगायतले बोल्दै लुम्बिनी प्रदेशको कृषि क्षेत्रलाई उन्नत र आधुनिक बनाउन सकियो भने यहाँको उत्पादनले मुलुकलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिने बताउनुभएको थियो । भने कार्यक्रम संचालन किसान महासंघ सिद्धार्थनगर कमिटी सचिव पदम प्रसाद पन्थले गर्नु भएको थियो ।

यता अखिल नेपाल किसान महासंघ सिद्धार्थनगर नगर कमिटी रुपन्देहीको दोस्रो नगर अधिवेशनले हरिप्रसाद जैसवालको अध्यक्षतामा १९ सदस्यीय नया कार्यसमिती गठन गरेको छ । शनिबार भैरहवामा आयोजित अखिल नेपाल किसान महासंघ सिद्धार्थनगर कमिटीको दोस्रो नगर अधिवेशनले जैसवालको अध्यक्षतामा नया कार्य समिती गठन गरेको हो । जसको उपाध्यक्षमा गंगा घिमिरे, ऐन बहादुर थापा, सचिवमा कमल गौतम, उपसचिवमा शुशिल पौडेल, कोषाध्यक्षमा रामनारायण केवट रहनु भएको छ ।

यस्तै गरी सदस्यहरुमा काशीराम मराशिनी, त्रिवेणी पाल, राजकुमार ,शम्भु लोध, केशर लाल चौधरी, दुखी दाडी, जमुना रेग्मी पौडेल, सृजना ज्ञवाली पौडेल, उर्मिला यादव र नामदेव न्यौपाने रहनु भएको छ । कमल पोख्रेलको अध्यक्षता तथा अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र गिरीको प्रमुख आतिथ्यतामा महासंघको दोस्रो नगर अधिवेशन सम्पन्न भएको हो ।

प्रकाशित मिति: २०२५-०५-१८ , समय : १३:१४:०७ , ४ घन्टा अगाडि