उर्मिला यादव यात्री , ८७ पटक हेरिएको

भैरहवा, जेठ ४
सिप सिकौं, आत्म निर्भर बनौं भन्ने मुल नाराका साथ सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले एडवान्स कम्प्युटर कोर्ष तालिम सुरु गरेको छ । सिनपा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा नगर प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा एडवान्स कम्प्युटर कोर्ष तालिमको आज एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । तालिमको उदघाटन गर्नु हुदै नगर प्रमुख खानले सिकेको कुरालाइ ब्यवहारमा उतार्ने गरि सीप सिक्न आग्रह गर्नुभएको छ । उहाले सिद्धार्थनगर नगरपालिकाले भौतिक बिकास संगै मानवीय बिकासलाई समेत जोड दिएको बताउनु भएको छ । उहाले सिपमुलक तालिम प्रदान गरी नगरले यहाका युवालाई रोजगारी संग जोडने काम गर्दै आएको उल्लेख गर्नु भयो ।
नगर प्रमुख खानले तालिम अबधिभर नियमित रुपमा सहभागी भएर सीप सिकि दक्ष बन्न आग्रह समेत गर्नु भएको छ । उहाले जब सम्म महिलाहरु सक्षम हुदैनन तब सम्म समाजमा परिर्वतन हुन नसक्ने भएकोले महिलाहरुलाई समेत अगाडी बढाउने गरी नगरले बिभिन्न किसिमका सीपमुलक तालिमहरु संचालन गर्दै आएको बताउनु भएको छ ।
यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडामा बेरोजगार रहेका नागरिकलाई तालिम प्रदान गरी स्वरोजगार बनाउने उदेश्यका साथ एडवान्स कम्प्युटर कोर्ष तालिमको आयोजना गरेको बताउनु भएको छ । उहाले यस भन्दा अगाडी बेसिक कोर्षको समेत तालिम प्रदान गरिएको जानकारी दिनु भयो । उहाले पढेलेखेका युवाहरु समेत बेरोजगारीको समस्याले बिदेश पलायन हुदै गएकाले स्वदेशमै सीप सिकाइ बेरोजगारी समस्या समाधान गर्ने उदेश्यका साथ नगर र वडाको बिभिन्न तालिमहरु प्रदान गर्दै आएको उल्लेख गर्नु भयो ।
वडा नम्बर ५ को वडासदस्य किरण देवि सुनारको स्वागत मन्तब्य रहेको कार्यक्रममा उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, समाज सेवि डाक्टर शम्भु कुमार गुप्ता, वडा नम्बर १३ का वडासदस्य सीता बुढापृती, पत्रकार शंकर पाण्डे लगायतले आ आफनो भनाई राख्नु भएको थियो भने कार्यक्रम संचालन वडा नम्बर ५ का वडासदस्य सरस्वती श्रेष्ठले गर्नु भएको थियो । चारमहिना सम्म संचालन हुने एडवान्स कम्प्युटर कोर्ष तालिममा २० जना सहभागी छन् ।
कार्यक्रममा सिनपा वडा नम्बर १३ का वडाध्यक्ष सोमबहादुर गुरुंग,वडा सदस्य प्रेम नारायण तेली, बिनित कुमार बेरिवाल, वडा सचिव बन्दना उपाध्याय, प्रताप बोहरा, राजेन्द्र मल्लाह, समाजसेवी केशव प्रसाद गुप्ता, भैरहवा नमुना मा.बिका प्रधानाध्यापक चुन्न प्रसाद पाण्डे, गोल कम्प्युटरका प्रशिक्षक रमाकान्त मौर्या, वडा नम्बर ५ स्वास्थ्य शाखा प्रमुख निर्मला कार्की, सम्झना जिसी, माया तेली, राधिका तेली, पुजा पाण्डे, बिभिन्न संघसंस्थाका पदाधिकारी लगायत सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-०५-१८ , समय : २१:३३:३५ , ८ घन्टा अगाडि