ब्राउनसुगर सहित भैरहवाबाट एक जना पक्राउ

रुपन्देही खबर , १३८  पटक हेरिएको

भैरहवा, जेठ ६

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बरं. ८ बस्ने २० बर्षिय राहुल हरिजन रहेका छन । प्रहरीका अनुसार सोमबार साझ सिनपा ३ खजहना चिल्ड्रेनपार्क स्थितमा अबैध लागू औषध बिक्री बितरण भैरहेको भन्ने गोप्य सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी बिट वसपार्क भैरहवाबाट खटिएको संयुक्त टोलीले हरिजनलाई २ ग्राम ८ मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका हरिजन र घटनाबारे थप अनुसन्धान कार्यको लागि जिल्ला अदालत रुपन्देहीबाट ७ दिन को म्याद थप गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०५-२० , समय : २१:०६:४७ , ७ घन्टा अगाडि