एडीवीका विषयमा निमार्ण व्यबसायी र परामर्शदाता बिच सिद्धार्थनगरमा छलफल

रुपन्देही खबर , ६९  पटक हेरिएको

भैरहवा,जेठ ७

एसियाली बिकास बैक (एडीवी), नेपाल सरकार र सिद्धार्थनगर नगरपालीकाको सयुक्त लगानीमा सचांलन हुन लागेको युआरएलआईपी योजना अन्तरगत मगंलवार निमार्ण व्यबसायी र परामर्शदाता बिच छलफल भएको छ ।

यस योजना अन्तर्गत निर्माण हुने सडक, ढल तथा नालाको लागी गत पुस २८ मा निमार्ण व्यवसायी ईकेके ईनफ्रास्टचर लिमीटेड भारत बिच सम्झौता भएको थियो । परामर्शदाता बिडिए‒बिएन‒उदय जेबिलाई शहरी विकास मन्त्रालय अन्तरगतको आयोजना समन्वय कार्यालयले गत शुक्रवार छनौट गरेको थियो । जिम्मेवारी पाएलगत्तै परामर्शदाता कार्य प्रारम्भको लागी सिद्धार्थनगर नगरपालिकामा आएको हो ।

सो अवसरमा निमार्ण व्यवसायी, परामर्शदातालाई स्वागत गर्दै नगर प्रमुख इश्तियाक अहमद खाँ, उप प्रमुख उमा अधिकारी, प्रमुख प्रशासकिय अधिकृ जनक थापा, आयोजना व्यवस्थापक ई साकार श्रेष्ठले समयमै र गुणस्तरीय रुपमा काम सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: २०२५-०५-२१ , समय : ०६:२३:०६ , ७ घन्टा अगाडि