अन्जना चौहान , २७ पटक हेरिएको
लुम्बिनी, भदौ २४
लुम्बिनी सांस्कृतिक नगरपालिका–३, पडिरियास्थित जामिया फैजुल इस्लाम अलसलफिया मदरसाले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारका लागि १ लाख ६ हजार ४ सय ६० रुपैयाँ सहयोग गरेको छ।

मदरसा परिवारले शिक्षक–शिक्षिका तथा छात्र–छात्राबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरी पठाएको हो।
रसुवा, भोटेकोसी, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा आएको बाढी तथा विपद्बाट प्रभावित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग रकम संकलन गरिएको मदरसाले जनाएको छ।
मदरसा प्रशासनका अनुसार शिक्षक, शिक्षिका र विद्यार्थीहरूले आफ्नो तर्फबाट स्वेच्छिक रूपमा रकम संकलन गरेका थिए।
संकलित रकम एकमुष्ट रूपमा राहत कोषमा जम्मा गरिएको हो।
विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत तथा सहयोग आवश्यक रहेकाले सामाजिक उत्तरदायित्वअन्तर्गत रकम संकलन गरी सहयोग गरिएको मदरसाले जनाएको छ।
मदरसा परिवारको सामूहिक पहलबाट संकलित उक्त रकम बाढी तथा विपद्बाट प्रभावित परिवारको राहत तथा उद्धार कार्यमा उपयोग हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २०२६-०९-०९ , समय : ०७:११:१० , ३२ मिनेटutes अगाडि