रुपन्देही खबर , २३१ पटक हेरिएको

बुटवल,जेठ १४
बुटवलमा आमा र दुई छोरी सहित तीन जनाको बिभत्स हत्या भएको छ । बुटवलको होराईजन चोकमा आज बिहान ४ बजे आफ्नै पुर्व पतिले पत्नी र दुई छोरीको विभत्स रुपमा हत्या गरेको प्रहरीले जनाएको छ । सम्बन्ध बिच्छेद पछि छुट्टा छुट्टै बस्दै आएका बुटवलका सुजन कोईरालाले पुर्वपत्नी दीपा वस्याल र छोरीहरु ७ बर्षिय स्नेहा र ४ वर्षिय नानी बस्यालको हत्या गरको रुपन्देहरी प्रहरीले जनाएको छ ।
कर्तव्य ज्यान मुद्धामा जेल जिवन बिताएर केहि समय अघि मात्रै छुटेका कोईरालाले आमा छोरीलाई संगै हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिनुभयो । कोईरालाले कर्तव्य ज्यान मुद्धा पछि जेल परेपछि उनीहरुवीच सम्बन्ध विच्छेद भएको बुझिएको प्रहरीको भनाई छ । प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाएको छ ।
प्रकाशित मिति: २०२५-०५-२८ , समय : १४:०७:२० , २ हप्ता अगाडि