नेपाली कांग्रेस क्षेत्र नम्बर ३ रुपन्देही द्धारा वृद्धाश्रममा सहयोग

रुपन्देही खबर , १२५  पटक हेरिएको

भैरहवा, जेठ १५

१८औं गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस, क्षेत्र नं. ३, रुपन्देहीले ओमसतिया ४ बालापुरमा अवस्थित श्री सत्यसाई वृद्धाआश्रमका बुवा–आमालाई ‘खाना खुवाउने, नगद तथा पंखा हस्तान्तरण कार्यक्रम’ सम्पन्न गरेको छ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का क्षेत्रिय सभापति युवा नेता सुशील गुरुङ्गको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पुर्वमन्त्री लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी रज्जाकले लोकतान्त्रिक गणतन्त्रको कुनै पनि विकल्प नरहेको बताउदै कुनै नेताको कमी–कमजोरी र गरेका गल्तीलाई व्यवस्थासँग जोडेर हेर्न नहुने बताउनुभयो । उहाले जनताले गरेका जनआन्दोलनका परिणाम स्वरुप यो देशमा जनताका छोरा–छोरी राष्ट्र प्रमुखको रुपमा स्थापित हुने अवसर गणतन्त्रले दिएकोले सानातिना आँधीवेरीले यसलाई फरक नपर्ने विचार राख्नुभएको थियो ।

यस्तै गरी कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति रामचन्द्र ढकाल, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाई, श्री सत्यसाई वृद्धाआश्रमकी अध्यक्ष माया खरेल, महाधिवेशन प्रतिनिधि महेन्द्र कुमार श्रेष्ठ, क्षेत्र नं. ३ (क) का कार्यबाहक सभापति गोबिन्द प्रसाद बस्याल, जिल्ला सदस्य ओम कुमार श्रेष्ठ, सिद्धार्थनगरका उपसभापति देवराज न्यौपाने, सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष पुरन प्रसाद श्रेष्ठ, सिद्धार्थनगर वडा नं. ७ का वडा सभापति भविलाल पौडेल लगायतले गणतान्त्रिक व्यवस्थालाई जनताको हकहित, अधिकारका पक्षमा समर्पित बनाउनुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा वृद्धाश्रमका बुवा–आमालाई विहानको खाना, ४ थान सिलिङ्ग पंखा र नगद रु.१५ हजार ५ सय ५५ रुँपैया हस्तान्तरण गरिएको थियो । साथै सोही कार्यक्रममा पार्टीका सिद्धार्थनगरका उपसभापति देवराज न्यौपानेले आफ्नो जन्मदिनको अवसरमा वृद्धाश्रमलाई रु.११ हजार रुँपैया, सिनपा वडा नं ४ का वडा सभापति नरेन्द्र रौनियारले रु.२ हजार १ सय रुँपैया र क्षेत्रीय सदस्य रुपमाया पुनले खाधान्न सामाग्री समेत प्रदान गरेको थियो ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि बसन्तलाल कर्ण, क्षेत्रीय सदस्य रमेश मल्ल, योगेन्द्रनाथ पाण्डे, सरस्वती श्रेष्ठ, घनश्याम यादव, मोक्षु अहिर, पुनम सुनार, शोभा आचार्य, इन्दिरा के.सी., भोला तिवारी, नगरका सचिव अनिल कुमार के.सी., तिलोत्तमा वडा नं. १३ का वडा अध्यक्ष तथा सभापति नारायण ढकाल, सिनपा वडा नं. १ का सभापति मोहनसिंह शाही, सिनपा वडा नं. ५ का सभापति केशव गुप्ता, सिनपा वडा नं. ८ का सभापति टंक ज्ञवाली, सिनपा वडा नं. ९ का कार्यबाहक सभापति फनिन्द्र पौडेल, सिनपा वडा नं. १० का सभापति विजयनाथ धवल, सिनपा वडा नं. ११ का सभापति केदार प्रसाद कुर्मी, सिनपा वडा नं. १२ का सभापति हरिराज विष्ट, जनप्रतिनिधि निलुश्रीष, सिमा तामाङ्ग, सिता बुढाप्रिति, प्रदेश सदस्य डिल्लीराज अधिकारी, रुपा पुन, जनजाति नेता जितमान गुरुङ्ग, राकेश गुरुङ्ग, समाजसेवी राममिलन यादव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं. ३ का कोषाध्यक्ष कृष्ण खनालको स्वागत तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराई र क्षेत्रीय सह–सचिव कुल प्रसाद न्यौपानेको संयुक्त संचालनमा भएको थियो ।

प्रकाशित मिति: २०२५-०५-२९ , समय : २२:५०:२१ , ४ दिन अगाडि