गुल्मी रिडीका बिकलले अष्ट्रेलियामा कास्यपदक जिते

रुपन्देही खबर , ७८३  पटक हेरिएको

गुल्मी , साउन २२

गुल्मी रुरुक्षेत्र १ रिडीबजारका  तेक्वान्दो खेलाडी बिकल पौडेलले अस्ट्रेलियामा सम्पन्न न्यु साउथ वेल्स राज्य च्याम्पियनसिप प्रतियोगितामा कास्य पदक हात पारेका छन् ।

 

च्याम्पियनसिप तथा राष्ट्रिय छनोट प्रतियोगितामा उनले कास्य पदकको उपाधी हासिल गरेको प्रशिक्षक प्रकाश क्षेत्रीले जानकारी दिनु भएको छ ।

 

सिड्नीमा भएको ६३ केजि तौल समूहमा बिकल पौडेलले कास्य पदक जितेका हुन ।  प्रतियोगितामा पाँच सय ३० जना खेलाडीको सहभागिता रहेको थियो । रिडीमा जन्मेका पौडेल तेक्वान्दो खेलमा अब्बल खेलाडीका रुपमा परिचीत छन ।

 

नेपालका ६४ वटा जिल्लामा उनले आफ्नो खेल प्रदर्शन गरिसेका छन भने विभिन्न राष्ट्रिय , अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सहभागीता जनाउदै उपाधी समेत हात पारेका छन । सन २०१४ मा काठमाडौमा भएको तेस्रो दक्षिण एसिया आईटीएफ तेक्वान्दो प्रतियोगितामा ५८ केजि तौल समुहमा स्वर्ण पदक हात पारेका पौडेलले, अर्को वर्ष भारतमा आयोजना भएको सोही खेलमा कास्य पदक जित्न पौडेल सफल भएका थिए ।

 

प्रकाशित मिति: २०२२-०८-०७ , समय : २०:३३:५४ , २ वर्ष अगाडि