रुपन्देही खबर , १६२ पटक हेरिएको

भैरहवा, जेठ २८
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ ले सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गरेको छ । सिनपा वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवको अध्यक्षतामा मंगलबार एक कार्यक्रमका बीच २५ जनालाई पोषण सामग्री वितरण गरिएको हो ।
स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य परीक्षण गराएका सुत्केरी महिला, तथा ३५ दिन भित्रै बच्चाको जन्मदर्ता बनाएका, सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाना र सरसफाइका लागि पालना गर्नु पर्ने नियमका बारेमा सचेत गराउँदै पोषण सामाग्री बितरण गरिएको वडाध्यक्ष श्रीवास्तवले बताउनु भएको छ । उहाले गर्भवती तथा सुत्केरी महिलाहरुको पोषण आहार व्यवहार परिवर्तन गर्ने लक्ष्यका साथ काजु, बदाम, एक क्यारेट अण्डा, ब्यालंकेट, बच्चाको कपडा, थर्मस, गेडागुडीमा चना, भटमास, राज्मा लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको बताउनु भएको छ ।
सिद्धार्थनगर २ का वडा सदस्य कञ्चन थापाको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रहरी चौकी मेउडिहवाका प्रमुख खिम बहादुर खत्री, सिनपा २ र ११ का स्वास्थ्य इन्चार्ज रिता थापा , सिद्धार्थनगर नगरपालिकाका पूर्व कार्यपालिका सदस्य इन्दिरा देवी क्षेत्री लगायतले बोल्दै बालबालिका हरुका लागि आवश्यक पौष्टिक आहार र गर्भवती तथा सुत्केरी महिलाहरुले सरसफाइमा बिशेष ध्यान दिन आग्रह समेत गर्नु भएको थियो । भने कार्यक्रम संचालन वडा सचिव हिरा बरालले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२५-०६-११ , समय : ०९:५४:४२ , २ हप्ता अगाडि