रुपन्देही खबर , १६३ पटक हेरिएको

भैरहवा, जेठ २९
रोहिणी गाउँपालिकाले बिहीबार एक कार्यक्रमका बिच रोहिणी ६ पर्सामा झुल वितरण गरेको छ । रोहिणी गाउपालिका वडा नम्बर ६ का वडाध्यक्ष इन्द्रमान चौधरीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आथित्यतामा रोहिणी ६ का २ सय जना स्थानीयलाई झुल बितरण गरिएको हो ।
झुल बितरण गर्नु हुदै गाउपालिका अध्यक्ष यादवले गर्मीमा लामखुट्टेको टोकाइबाट मानिसमा विभिन्न प्रकारका रोग लाग्न सक्ने भएकाले ती रोगहरुबाट बचाउन झुल वितरण गरिएको बताउनुभएको छ । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने प्रतिबद्धता गर्नु भएको छ ।
यस्तै गरी रोहिणी–६ का वडाअध्यक्ष इन्द्रमान चौधरीले स्थानीय बासिन्दालाई लामखुट्टेको टोकाइबाट लाग्ने रोगबाट बचाउन झुल वितरण गरिएको बताउनुभएको छ ।
रोहिणी गाउँपालिकाका शाखा अधिकृत कर्ण कुमार क्षेत्रीको सञ्चालनमा भएको कार्यक्रममा देवेन्द्र कुमार मिश्रा, गंगा प्रसाद लोनिया, छोटेलाल अग्रहरी, श्याम धवल लगायत स्थानियको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-०६-१२ , समय : २३:०२:५९ , २ हप्ता अगाडि