रोहिणी ४ पक्डिहवामा १ सय ७२ जना स्थानीयलाई झुल बितरण

रुपन्देही खबर , १३८  पटक हेरिएको

भैरहवा, जेठ ३०

रोहिणी गाउँपालिकाले शुक्रवार एक कार्यक्रमका बिच रोहिणी वडा नम्बर ४ पक्डिहवामा झुल वितरण गरेको छ । रोहिणी गाउपालिका वडा नम्बर ४ का वडाध्यक्ष तारानाथ यादवको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आथित्यतामा रोहिणी ४ का १ सय ७२ जना स्थानीयलाई झुल बितरण गरिएको हो ।

झुल बितरण गर्नु हुदै गाउपालिका अध्यक्ष यादवले गर्मीमा लामखुट्टेको टोकाइबाट मानिसमा विभिन्न प्रकारका रोग लाग्न सक्ने भएकाले ती रोगहरुबाट बचाउन झुल वितरण गरिएको बताउनुभएको छ । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने प्रतिबद्धता गर्नु भएको छ ।

यस्तैगरी वडाअध्यक्ष यादवले स्थानीय बासिन्दालाई लामखुट्टेको टोकाइबाट लाग्ने रोगबाट बचाउन झुल वितरण गरिएको बताउनुभएको छ । कार्यक्रममा रोहिणी गाउँपालिकाका शाखा अधिकृत कर्ण कुमार क्षेत्री, समाजसेवी कान्छा कोहार, गंगा प्रसाद लोनिया लगायत स्थानियको सहभागितामा झुल वितरण गरिएको हो ।

प्रकाशित मिति: २०२५-०६-१३ , समय : २१:५७:०२ , २ हप्ता अगाडि