सिद्धार्थनगर वडा नम्बर ५ द्धारा स्कूल ब्याग तथा कुलर वितरण

रुपन्देही खबर , १४८  पटक हेरिएको

भैरहवा, असार १०

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले स्कूल ब्याग तथा कुलर वितरण गरेको छ । सिनपा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा समाजसेवी नारायण प्रसाद अग्रवालको प्रमुख आतिथ्यतामा सोमबार एक कार्यक्रमका बिच स्कूल ब्याग तथा कुलर वितरण गरिएको हो ।


कार्यक्रममा बोल्दै सिनपा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले सिद्धार्थनगर–५ स्थित श्री बाल मन्दिर आधारभूत विद्यालयलाई २ थान ठूलो कुलर प्रदान गरिएको बताउनु भएको छ भने भैरहवा नमूना माध्यमिक विद्यालयमा १५५ जना विद्यार्थीहरुलाई स्कूूल ब्याग वितरण गरिएकोे जानकारी दिनुभयो ।


यस्तै गरी स्कूल ब्याग तथा कुलर वितरण गर्नु हुदै प्रमुख अतिथि समाजसेवी नारायण प्रसाद अग्रवालले वडा नम्बर ५ ले भौतिक बिकास संगै मानवीय बिकास र सामाजिक क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको बताउनु भएको छ । उहाले वडा नम्बर ५ ले स्थानिय जनतालाई सिपमुलक तालिम प्रदान गरी यहाका युवालाई रोजगारी संग जोडने काम गर्दै आएको बताउदै वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठसहित वडा टीमले उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।


भैरहवा नमूना माविका प्राचार्य चुन्न प्रसाद पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सदस्य सरस्वती श्रेष्ठ, किरन देवी सुनार, प्रेम नारायण तेली, पूर्ववडाअध्यक्ष भरतसिंह विजुक्छे, भैरहवा नमूना क्याम्पसका अध्यक्ष आनन्द प्रसाद गुप्ता, समाजसेवी विकास रायमाझी, केशव प्रसाद गुप्ता, शिक्षक शिक्षिका, विद्यार्थी लगायतको  सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०६-२४ , समय : ११:४०:५८ , ३ दिन अगाडि