रोहिणी गाउँपालिकाद्धारा ५९ करोड १७ लाखको बजेट सार्वजनिक

रुपन्देही खबर , १४९  पटक हेरिएको

भैरहवा, असार १०

रुपन्देहीको रोहिणी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को लागि ५९ करोड १७ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । पालिकाका प्रवक्ता एवम वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर क्षेत्रीले मंगलबार बजेट सार्वजनिक गर्दै आन्तरिक आय एक करोड ९६ लाख बाह्र हजार आठ सय चौरासी रुपैया, संघीय सरकारबाट ५१ करोड १४ लाख ९३ हजार ११६ रुपैया, प्रदेशसरकारबाट तीन करोड २३ लाख ९४ हजार, बैंक मौजदात दुई करोड ५० लाख, जिल्ला समन्वय समितिबाट ७२ लाख गरि जम्मा ५९ करोड १७ लाख रुपैयाको बजेट सार्वजनिक गर्नु भएको हो ।
रोहिणी गाउपालिकाले ब्यवसायिक कृषि पेशा अवलम्बन गरौं आत्म निर्भर बनौं भन्ने उदेश्यका साथ कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखि खाद्य सुरक्षा र पोषणका लागी कृषि क्षेत्रको प्राथमिकीकरणमा २ करोड ५५ लाख, चैते धान प्रवद्र्धन कार्यक्रमका लागी १० लाख , कृषक प्रोत्साहन स्वरुप पकेट बिकास कार्यक्रम संचालनका लागी ८ लाख बजेट बिनियोजन गरेको जनाएको छ ।


यस्तैगरी पालिकाले प्रदेश सरकारबाट प्राप्त सर्शत समपुरक र बिशेष तर्फ एक करोड पैतालिस लाख, संघीय सरकार सर्शत समपुरक र बिशेष तर्फ २९ करोड तीस लाख, कार्यालय संचालन तथा प्रशासनिक तर्फ ९ करोड २५ लाख, शिक्षा तर्फ तीन करोड, क्रमागत योजना समपुरकका लागी तीन करोड ७५ लाख, स्वास्थ्य शाखाका लागी १५ लाख, कृषि, पशु तथा माछा शाखाका लागी १५ लाख, महिला बालबालिका तथा जेष्ठ नागरिकका लागी सात लाख, न्यायिक समिती शाखाका लागी १० लाख, बातावरण तथा बिपद ब्यवस्थापन शाखाका लागी २५ लाख, उद्यम शाखाका लागी २ लाख, गाउ ब्लक नापीका लागी १० लाख, महिला सामुदायिक स्वास्थ्य स्वयम सेबिका बिदाई कार्यक्रमका लागी ८ लाख, महिला सामुदायिक स्वास्थ्य स्वयम सेबिका प्रोत्साहन भत्ता १० लाख, प्रतिवडा ९५ लाख, ब्लड बैंक तथा आखां उपचार तथा शल्यक्रिया ५ लाख, एम्बुलेन्स तथा दमकल ब्यवस्थापनका लागी ५ लाख, धकधई प्राथमिक स्वास्थ्य केन्द्र ब्यवस्थापनका लागी ५ लाख अधुरो पोखरभिण्डी स्वास्थ्य चौकी निर्माणका लागी १२ लाख बजेट विनियोजन गरेको छ ।

यसै गरि रोहिणी गाउँपालिकाले १७ औ गाउँसभाबाट नीति तथा कार्यक्रम पनि पारीत गरेको छ । आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रममा आपसी सम्बाद, समन्वय, सहमति र सहकार्य मार्फत शासन सञ्चालन विकास व्यवस्थापन र सेवा प्रवाहमा सुधारको वाटो अवलम्बन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

 

गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले आर्थिक, सामाजिक, पुर्वाधार बिकास र संस्थागत सुशासन मार्फत गरिबी निवारण गरी समृद्ध रोहिणी निमार्ण गर्ने , सर्वसुलभ गुणस्तरीय शिक्षा तथा स्वास्थ्यको पहुच नागरिकमा पुरयाउने, कृषि, युवा तथा खेलकुद लगायतमा १३८ बुंदे नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रमलाई आर्थिक वर्षको शुरुवाट नै कार्यान्वयन गर्न पहल गरिने र खर÷फुसको छाना मुक्त पालिका घोषणा गरिने नीति लिइएको छ । सीमान्तकृत विपन्न तथा अति गरीवहरुका लागि आयआर्जन सम्बन्धी सीपमुलक कार्यक्रम गरिने अध्यक्ष यादवले बताउनु भएको छ । सामाजिक सुरक्षा भत्तालाई अझ सरल र छिटो तरिकाले भुक्तानी गर्ने व्यवस्था मिलाइ विद्युतीय माध्यमवाट सामाजिक सुरक्षा प्रणालीमा सहजीकरण गर्ने कर्मचारीहरुलाई प्रोत्साहन गरिने नीति लिइएको जोड दिनु भयो ।

विकासका पूर्वाधारमा सडक पहिलो शर्त हुनाले गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । सडक स्तरोन्नतीसँगै नाली निर्माण गरिने र रोहिणी वडा नं १ र २ जोड्ने रोहिणी नदीमा झोलुङ्गे पुल निर्माण गरिने यादवले बताउनु भयो । सबै सडकहरुको मापदण्ड निर्माण र नामाकरण गरिनेछ

रोहिणी गाउँपालिकाले आधुनिक प्रविधिमैत्री सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सम्पन्न गरि कार्यान्वयनमा ल्याईने नीति ल्याएको छ । गाउँपालिका भित्रका ६० वर्षभन्दा माथिका मधुमेह तथा उच्च रक्तचापका विरामीहरुक लागि निःशुल्क आधारभुत औषधी उपलब्ध गराउने र ज्येष्ठ नागरिक (८० वर्ष भन्दा माथि ) का र क वर्गका अपाङ्गहरुका लागि कार्यतालिका बनाई स्वास्थ्यकर्मीद्धारा घरदैलो स्वास्थ्य जाँच तथा उपचार कार्यक्रम सञ्चालन गरिने यादवले बताउनु भएको छ ।

 

प्रकाशित मिति: २०२५-०६-२५ , समय : ००:२०:१८ , ३ दिन अगाडि