पश्चिम नवलपरासीको सुस्तामा  खोजमूलक पत्रकारिता तालिम सुरु

रुपन्देही खबर , १२२  पटक हेरिएको

सुस्ता,असार १३

सुस्ता गाउँपालिकामा बिहिवारदेखि स्थानीय तहको विकास निर्माणमाथि केन्द्रित खोजमूलक पत्रकारिता तालिम सुरु भएको छ।  तालिम संचारिका समूह पश्चिम नवलपरासीको आयोजनामा तथा सुस्ता गाउँपालिकाको आर्थिक सहयोगमा भएको हो।

सञ्चारिका समूह पश्चिम नवलपरासीको अध्यक्ष विष्णु खनालको अध्यक्षतामा तथा सुस्ता गाउँपालिकाको उपाध्यक्ष गीता चौधरीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन भएको हो।  समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले स्थानीय तहमा पारदर्शिता कायम गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
तालिम सहजीकरण सञ्चारिका समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोलले गर्नुभएको थियो। सो अवसरमा तालिमको उद्देश्यमाथि आयोजक संस्थाकी अध्यक्ष खनालले प्रकाश पार्नुभएको थियो। उहाँले स्रोत पहिचान, तथ्य जाँच, रिपोर्टिङ प्रविधि र निष्पक्ष समाचार लेखनका विषयमा कार्यशाला भएको  बताउनुभयो।

असारको १६ गते सम्म सन्चालन हुने तालिममा जिल्लाका १० जना महिला  पत्रकारहरुको  सहभगिता रहेको  संस्थाकी सचिव डोल्मा चौधरीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: २०२५-०६-२७ , समय : ०८:०६:३३ , ५ घन्टा अगाडि