जोसेफ कुवरको अध्यक्षतामा ११ सदस्यीय सिद्धार्थनगर युवा क्लब गठन

रुपन्देही खबर , ३०५  पटक हेरिएको

भैरहवा, असार १५

रुपन्देहीको भैरहवामा जोसेफ कुवरको अध्यक्षतामा ११ सदस्यीय सिद्धार्थनगर युवा क्लब गठन गरिएको छ । जसको उपाध्यक्षमा बरसात गुरुङ , सचिवमा अनिल थकाली, रहनु भएको छ भने सदस्यहरुमा सुदान्सु गुरुङ, सुजल गुरुङ सोपनिल मगर, किर्तन गुरुङ, सुरज गुरुङ आदित्य थापा, साहिल गुरुङ रहनु भएको छ ।

भैरहवामा शनिवार एक कार्यक्रमका बिच गठन गरिएको युवा क्लबले सामाजिक क्षेत्रमा रहेर काम गर्ने कार्यक्रमका प्रमुख अतिथी समाजसेवी रबि जैसवालले जानकारी दिनु भएको छ । उहाले नवगठित समितीलाई सक्रिय भएर काम गर्न समेत आग्रह गर्नु भएको छ ।

नवगठित समितीले शनिबार आफनो पहिलो बैठक बस्दै मंगलबार रक्तदान कार्यक्रमको आयोजना गर्ने क्लबका सचिव अनिल थकालीले जानकारी दिनु भएको छ ।

 

प्रकाशित मिति: २०२५-०६-२९ , समय : १८:०९:५५ , ६ घन्टा अगाडि