रुपन्देही खबर , १५९ पटक हेरिएको

भैरहवा, असार १६
नयाँ कलोनी टोल सुधार समिति तथा नयाँ कलोनी महिला समूह सिद्धार्थनगर -९को आयोजनमा धान दिवसको अवसर पारेर सिद्धार्थनगर -९ स्थित मिश्रौलियको श्री नव दुर्गा मन्दिरको नवनिर्मित सभाहलका लागि २०८०को देउसी भैलोबाट संकलित रू ९३ हजार बराबरको कुर्ची, पोडियम र पंखाजन्य सामाग्री मन्दिर समितिलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा नयाँ कलोनी निवासी भैरहवा बहुमुखी क्याम्पसका क्यम्पस प्रमुख लक्की प्रसाद जोशी र २०८१को SEE परीक्षामा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुन सफल नयाँ कलोनीका ९ जना विद्यार्थीहरूलाई नयाँ कलोनी टोल सुधार समितिको तर्फबाट सम्मान-पत्र र खादाले सम्मान गरिएको छ।
सम्मानित हुनेहरुमा कृतु पाण्डे, सलिना पाण्डे, सम्पदा खनाल, सम्राट पन्थ, अभिश्री पाैडेल, अस्मी भुसाल, स्मारिका पाण्डे, स्मारिका भण्डारी, विवेक आचार्य रहनु भएको छ । नयाँ कलोनी महिला समूहका अध्यक्ष तुलसा भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्य रहेकाे थियाे। कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष दामोदर शर्मा, नयाँ कलोनी टोल सुधार समितिका अध्यक्ष कृष्ण प्रसाद पाण्डे, मन्दिर समितीका अध्यक्ष भारतकाजी केसी, जनप्रतिनिधि बसुन्धारा पोख्रेल, पम्फा पन्त भट्टराई, तेज प्रसाद पाण्डे, उत्कृष्ट अङ्कका साथ उतीर्ण हुन सफल विद्यार्थी कृतू पाण्डे, कमला रायमाझी लगायत वार्ड नं ९ स्थित टोल सुधार समितिका अध्यक्षहरुको आतिथ्य र मन्तव्य रहेको कार्यक्रममा कान नसुन्ने रोगबाट पीडित सुनिता कार्कीका दुई नाबालक छोराहरुको उपचारको लागि संकलित रकम महिला समुहका अध्यक्ष तुलसा भुसालबाट रु ३५ हजार नगद सहयाेग हस्तानतरण गरिएको थियो ।
कार्यक्रममा दहीच्युरा खाएर आषाढ १५ को सम्झना गरिएको थियाे । २०७२ सालमा स्थापना भएको नयाँ कलोनी महिला समूहका संस्थापक अध्यक्ष शुशिला पोख्रेलको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रमको सञ्चालन र संयोजन नयाँ कलोनी टोल सुधार समितिका सचिव सुवास रिजालले गर्नुभएको थियो । कार्यक्रममा मन्दिर समिति, टोल सुधार समिति र महिला समूहका पदाधिकारी, सदस्यहरू र सल्लाहाकारहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २०२५-०६-३० , समय : ०५:५७:२८ , ६ घन्टा अगाडि