मर्चवारी ३ का वडाअध्यक्ष घुस रकम सहित प्रहरी नियन्त्रणमा

रुपन्देही खबर , २२७  पटक हेरिएको

भैरहवा,असार २४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित दुई जनालाई नियन्त्रणमा लिएको छ । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष जर्नादन यादव र भैरहवास्थित श्री गणेश ट्रेडिंगका संचालक विपिन कुमार पाण्डेयलाई तीन लाख घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारको बुटवल कार्यालय प्रमुख बिनिता भट्टराईले  जानकारी दिनु भएको छ ।

उहाले वडाअध्यक्ष यादवले वडामा संचालित विभिन्न योजनाको रकम भुक्तानी सिफारिस गरिदिनका लागि सेवाग्राहीसँग माग गरेको घुस रकम संचालक पाण्डेयले बुझेपछि घुससहित दुवै जनालाई नियन्त्रणमा लिइएको बताउनु भएको छ ।

प्रकाशित मिति: २०२५-०७-०८ , समय : ०५:५१:१३ , ८ घन्टा अगाडि