रुपन्देही खबर , ७४ पटक हेरिएको

भैरहवा, साउन २
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित गोनहियामा ‘जय श्रीराम चोक’ स्थापना गरिएको छ । सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिकाको सिमानामा ‘जय श्रीराम चोक’ स्थापना गरिएको स्थानीय राकेश यादवले बताउनुभयो । हिन्दू धर्म–संस्कतिको संरक्षण तथा धार्मिक सहिष्णुता कायम गर्ने उद्देश्यले चोकको स्थापना गरिएको यादवले बताउनुभयो । सिद्धार्थनगर नगरपालिका ९ नम्बर वडा कार्यालयबाट अनुमति लिएर चोकको स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
‘जय श्रीराम चोक’ को बिहीबार एक कार्यक्रमकाबीच समाजसेवी तथा रुपन्देही नागरिक समाजका अध्यक्ष अमित कुमार गुप्ताले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा समाजसेवी मात्रिका प्रसाद यादव, फणिन्द्र पौडेल, राम मिलन यादव, गोरख सहानी, राजु पासवान, रामवचन यादव, श्याम कहार, प्रमोद कुर्मी, कपुर चौधरी, महेन्द्र कुर्मी लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-०७-१८ , समय : २२:५०:४० , १३ घन्टा अगाडि