सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

रुपन्देही खबर , ८१  पटक हेरिएको

काठमाण्डौ, साउन ४

आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ बढेर तोलाको एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  शुक्रवार सुन तोलाको एक लाख ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले बढेर दुई हजार दुई सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । शुक्रवार  चाँदीको भाउ तोलाको दुई हजार दुई सय ८० रुपैयाँ थियो ।

प्रकाशित मिति: २०२५-०७-२० , समय : १२:४१:०० , ७ घन्टा अगाडि