२ किलो सुन र नगदसहित ठमेलबाट दुई चिनियाँ नागरिक पक्राउ

रुपन्देही खबर , ३९९  पटक हेरिएको

काठमाण्डाै, साउन ६

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट दुई किलो सुन र २४ लाख रुपैयाँ नगदसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

ठमेलको एक होटलबाट उनीहरूको साथबाट सुन र नगद बरामद भएको र यस विषयमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति: २०२५-०७-२२ , समय : २०:५०:५८ , ९ महिना अगाडि