रुपन्देही खबर , ४५७ पटक हेरिएको
भैरहवा, साउन १०
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयमा सडक प्रयोगकर्ताहरुलाई ट्राफिक सचेतना तथा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी कार्यक्रम गरेको छ ।
शनिवार ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयको सभाहलमा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सिद्धार्थनगरवासी तथा सरोकारवाला निकायहरु, ओमशान्ति परिवार, जनप्रतिनिधि र सञ्चारकर्मीहरुलाई सवारी दुर्घटना न्यूनिकरण गर्ने विषयमा सचेतना प्रदान गरको हो ।

कार्यक्रममको उद्धघाटन सत्रमा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाले ट्राफिक नियमको पालना गर्यो भने हाम्रो जिवनयापन गर्न सहज र सुरक्षित हुने बताउनु भएको छ । उहाले सडकमा हिड्ने यात्रु देखि लिएर सवारी चालकहरुलाई ट्राफिक नियमको पुर्ण जानकारी हुनुपर्ने जोड दिनु भयो ।
ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय भैरहवाकी प्रमुख शान्ती दिदिले सधै ध्यान र आत्मज्ञान प्रदान गर्ने हलमा सवैलाई राखेर ट्राफिक सचेतना गर्न पाउन खुसी र आनन्द प्राप्त भएको बताउनु भएको छ । हामी सवैले दैनिक जसो सडक प्रयोग गर्नुपर्ने हुदाँ सडक प्रयोग गर्दा ट्राफिक नियमको जानकारी हुनुपर्ने भन्दै शान्ती दिदिले जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले दिएको यो ज्ञान सवैले व्यवहारमा लागु गर्न आग्रह गर्नु भएको छ ।

ट्राफिक सचेतनाका प्रशिक्षक तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्र.नि. रन्जु के.सी.ले सहभागीलाई सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने ट्राफिक नियमहरुको विषयमा प्रशिक्षण प्रदान गर्नु भएको छ । उहाले सडक प्रयोगकर्ता तथा सवारी चालक र पैदल यात्रीले सकड प्रयोग गर्दा अवनाउनुपर्ने सडक नियमहरुका विषयमा जानकारी दिनु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०८१÷०८२ मा विभिन्न सचेतना मुलक कार्यक्रम गर्नुका साथै सडक व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण कार्यहरु गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीमा कार्यालय प्रमुखको रुपमा प्र.नि. के.सी.को आगमन संगै ट्राफिकलाई प्रविधिमैत्री बनाउनुका साथै तिव्रगतिबाट हुने दुर्घटना न्यूनिकरण गर्न सिद्धार्थ राजमार्गमा राडरगन सहितको एनपीआर क्यामरा जडान गरि सवारी साधनलाई निगरानी बढाउने र कार्वाहीगर्ने कामले निरन्तरता पाएको छ । ट्राफिक प्रहरीले विभिन्न कलेज तथा विद्यालयहरु र संघसंस्थामा ट्राफिक सचेतना, सेवालाई छिटोसरितो बनाउदै सवारी दुर्घटना न्यूनिकरणमा ध्यान दिएको देखिन्छ ।
मानिसहरुलाई सडकमा सुरक्षित यात्रा गर्नका लागि ट्राफिक प्रहरीले विभिन्न अभियान संचालन गर्नुका साथै स्थानीय पालिका संग सहकार्य गरि ट्राफिक सचेतना र सवारी साधन व्यवस्थापनमा महत्वपूर्ण कार्य गरिरहेको छ ।
प्रकाशित मिति: २०२५-०७-२६ , समय : १५:०८:४८ , ९ महिना अगाडि