रुपन्देही खबर , २१५ पटक हेरिएको

भैरहवा, साउन १०
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा कृषि क्याम्पस पछाडी रहेको डण्डा खोलामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धार्थनगर–९, भट्टटोल बस्ने १४ वर्षिय प्रज्वल अर्याल र बिनयी त्रिबेणी गाउपालिका ६ पुर्वी नवलपरासी घर भइ हाल सिद्धार्थनगर–७ भैरहवा गाउ बस्ने १५ वर्षिय दिनेश न्यौपाने रहेका छन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक गणेश सापकोटाका अनुसार शनिबार दिउँसो साढे ३ बजे तिर पौडी खेल्ने क्रममा बालकहरु हराएको भन्ने सूचना पाए संगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोलाबाट तीन जना बालकहरुलाई सकुशल गरेको छ भने भने पौडी खेल्ने क्रममा डुवेर दुई जना बालकहरुको मृत्यु भएको छ ।
डिएसपी सापकोटाका अनुसार डण्डा खोलामा ५ जना बालकहरु पौडी खेल्न गएका थिए । मृतक अर्याल र न्यौपानेको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको डिएसपी सापकोटाले जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२५-०७-२६ , समय : २२:२४:२५ , ५ दिन अगाडि