भैरहवाको बाल सुधारगृहमा एक कैदीबन्दीले गरे आत्महत्या

रुपन्देही खबर , १८३  पटक हेरिएको

भैरहवा, साउन १०

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ तीनतारे पथ भैरहवामा रहेको बाल सुधार गृहमा एक कैदी बन्दीले आत्महत्या गरेका छन । आत्महत्या गर्नेमा रुपन्देहीको सम्मरीमाई गाउपालिका वडा नम्बर ४ का २१ बर्षिय सन्दिप गोसाइ रहेका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाका अनुसार आज शनिबार दिउसो २ बजे तिर कैदी बन्दीहरुलाई गिन्ती गरी चेकजाच गर्ने क्रममा गोसाई झुण्डिएको अवस्थामा फेला परेका थिए । बाल सुधार गृहको तेस्रो तलाको स्टोर कोठामा फलामको पाइपमा नरिबलको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका गोसाइ जवरजस्तीकरणी मुद्दामा कैदी जीवन बिताइरहेका थिए ।

प्रहरीका अनुसार मृतक गोसाइ विगत १ वर्षदेखि बालसुधारगृहमा मोनिटरको रुपमा जिम्मेवारी वहन गर्दै भित्रको रेखदेख गर्ने काम गर्दै आएका थिए । गोसाइले के कारणले आत्महत्या गरेका हुन सो बारे थप अनुसन्धान भैरहेको डिएसपी सापकोटाले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२५-०७-२६ , समय : २३:०२:३२ , ५ दिन अगाडि