नारायणीमा फाल हालेर एक जना युवक वेपत्ता

रामकुमार श्रेष्ठ , १२३  पटक हेरिएको

नवलपुर,साउन १३

नवलपुरको गैडाकोट नगरपालिका २ स्थित नारायणी नदीमा फाल हालेर एक जना युवक वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अन्दाजी २०÷२२ बर्षीय युवक पुलबाट नदीमा फाल हालेर वेपत्ता भएका हुन् ।
विहान सवा ६ बजेतिर वेपत्ता भएका उनको खोजीकार्य जारी रहेको र अझै फेला नपरेको नवलपुर प्रहरीले जनाएको छ ।
नामथर वतन नखुलेको पुरुष व्यक्ति साईकल र चप्पल पुलमा छोडि नदीमा हाम फालेको भन्ने खवर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैडाकोटको प्रहरी रसशस्त्र प्रहरी वल १७ नं. गण आँपटारी चितवनबाट खटिएको ९ गोताखोर टोलीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०७-२९ , समय : १०:३२:२७ , २ दिन अगाडि