उर्मिला यादव यात्री , १९२ पटक हेरिएको

भैरहवा, साउन १५
राष्ट्रिय वैश्य महासंघ नेपाल जिल्ला कार्य समिती रुपन्देहीले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा भैरहवास्थित भीम अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ । संघले अस्पतालमा उपचाररत बिरामीहरूलाई मनोबल वृद्धिका लागि बिहीबार एक कार्यक्रमका बिच फलफुल वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी भीम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले स्थापना दिवसको अवसर पारेर संस्थाले अस्पताललाई रोजेको भन्दै धन्यवाद दिनु भएको छ । उहाले फलफूल वितरण महत्वपूर्ण कार्यक्रम भएको र बिरामीका लागी झनै राम्रो भएको बताउदै आगामी दिनमा समेत अस्पताललाई अगाडि बढाउन राष्ट्रिय वैश्य महासंघ नेपाल जिल्ला कार्य समिती रुपन्देहीको योगदान रहने विश्वास व्यक्त गर्नु भएको छ । उहाले अस्पतालको विकासका लागि सल्लाह–सुझाव दिन समेत आग्रह गर्नु भएको छ ।
यस्तै गरी राष्ट्रिय वैश्य महासंघ नेपाल जिल्ला कार्य समिती रुपन्देहीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक जोगिन्दर अग्रहरीले वैश्य समुदायले व्यवसायसँगै समाजसेवामा पनि अग्रणी भूमिका खेल्नुपर्ने बताउनु भएको छ । उहाले स्थापना दिवसलाई सेवा कार्यमार्फत् मनाउन पाउँदा खुसी व्यक्त गर्नु भयो । उहाले महासंघले आगामी दिनहरूमा पनि सामाजिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता गर्नु भएको छ ।
यस्तै गरी भिम अस्पतालको मेडिकल सुपरिडेन्टेन्ट डा.शकुन्तला गुप्ताले स्थापना दिवसको अवसर पारेर बिरामीलाई फलफूल वितरण गर्नु सराहनीय काम भएको बताउनु भएको छ । उहाले राष्ट्रिय वैश्य महासंघ नेपाल जिल्ला कार्य समिती रुपन्देहीले गरेको कार्यको प्रशंसा गर्दै अझै सक्रिय भएर समाजको लागी केहि गर्न आग्रह गर्नु भएको छ । उहाले फलफुल बितरण कार्यले बिरामीका लागीे एकदमै सहयोग पुग्ने भएकोले अस्पतालमा बिरामीका लागी यस्ता कार्यक्रम आवश्यक भएको जोड दिनु भयो ।
संस्थाका सहकोषाध्यक्ष पप्पु कुमार कसौधनको स्वागत मन्तब्य रहेको कार्यक्रममा डा. बैजनाथ अग्रहरी लगायतले आफनो भनाई राख्नु भएको थियो भने कार्यक्रम संचालन संस्थाका महासचिव तारकेश्वर कान्दुले गर्नु भएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष बेचन गुप्ता, अशोक शाह, शत्रुधन पण्डित, संघका सचिव गणेश गुप्ता, कोषाध्यक्ष त्रिभुवन अग्रहरी, सहकोषाध्यक्ष किरण गुप्ता, पप्पु कसौधन, दिपेश गुप्ता, सदस्यहरुमा उषा जैसवाल, रुवी रौनियार, मन्जु जैसवाल, अनिता गुप्ता, राजकुमार बनिया, इन्द्रजित कुमार शाह लगायत महासंघका पदाधिकारीहरू, सदस्यहरू र स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो । फलफुल वितरणसँगै बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको थियो ।
राष्ट्रिय वैश्य महासंघ नेपाल जिल्ला कार्य समिती रुपन्देहीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक जोगिन्दर अग्रहरीको अध्यक्षता तथा अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माको प्रमुख आतिथ्यतामा ६५ जना बिरामीलाई फलफुलसंगै हर्लिक्स, बिस्कुट, फ्रुटी लगायतका सामाग्री बितरण गरिएको थियो ।
प्रकाशित मिति: २०२५-०७-३१ , समय : १६:३९:२० , २३ घन्टा अगाडि