सडक सुरक्षा र दुर्घटना न्युनिकरणमा विद्यार्थीको भूमिका विषयक सचेतना कार्यक्रम सम्पन्न

रुपन्देही खबर , १४०  पटक हेरिएको

मायादेवी, साउन १६

रुपन्देहीको लुम्बिनी शिक्षा निकेतन, मायादेवी–४ मा “सडक सुरक्षा र दुर्घटना न्युनिकरणमा विद्यार्थीको भूमिका” विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्राचार्य नामदेव अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्राचार्य अर्यालले विद्यार्थीलाई सुरक्षाको महत्व बुझाउने यस्ता कार्यक्रम विद्यालय र बिद्यार्थीहरुका लागी अति आवश्यक भएकोले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


यस्तै गरी अस्थायी ट्राफिक प्रहरी पोष्ट लुम्बिनीका प्रहरी सहायक निरीक्षक लोकेन्द्र रेग्मीले कार्यक्रमको सहजीकरण गर्नु हुदै सडक सुरक्षा, ट्राफिक नियम, बाटो पार गर्ने तरिका, साइकल वा मोटरसाइकल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी लगायत दुर्घटना न्यूनीकरणका विविध पक्षबारे जानकारी गराउनु भएको थियो । भने कार्यक्रमको सञ्चालन बिद्यालयका पुस्तकालय प्रमुख एवं शिक्षक लेलिन भुर्तेलले गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी बिद्यार्थीहरुले ट्राफिक नियमको बारेमा खासै थाहा नभएको र सिकेको कुरालाई ब्यवहारमा उतार्न जोड दिएका थिए । यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सडक सुरक्षाप्रति सचेतना अभिवृद्धि गर्नुका साथै व्यवहारमा परिवर्तन ल्याउन प्रेरणा दिएको सहभागीहरूको भनाइ थियो । विद्यालयका प्राचार्य नामदेव अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कक्षा ७ र ८ मा अध्ययनरत १ सय ५० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०८-०२ , समय : ००:११:१२ , ११ घन्टा अगाडि